fbpx

पोखरामा मुवाथाई मार्शल आर्टको समर क्याम्प सुरु

author

समाचारपाटी

२ years अगाडि

पोखरा । पोखरामा मुवाथाई र्माशल आर्टको समर क्याम्प सुरु भएको छ । पाँच हप्ते लामो उक्त समर क्याम्प मंगलबार पोखरा रंगशालामा सुरु भएको हो । उक्त समर क्याम्पको गण्डकी प्रदेशका सांसद प्रकाश बरालले एक कार्यक्रमका विच शुभारम्भ गर्नुभयाे । सो अवसरमा बोल्दै सांसद बरालले विद्यार्थी लक्षित समर क्याम्पले उनीहरु भित्र रहेको खेल अन्तर्निहित क्षमता उजागर गर्न सहयोग पुग्ने बताउँदै आत्मरक्षा र खेल विकासका लागि समेत उत्तिकै महत्वपूर्ण रहने बताउनुभयाे ।

निशुल्क रुपमा आयोजित उक्त प्रशिक्षणको प्रशंसा गर्दै सांसद बरालले अन्य खेलकुद सम्वद्ध संस्थाहरुले समेत आत्मसात गर्नु पर्ने उहाँको भनाई थियो ।

सो अवसरमा बोल्दै क्षेत्रिय खेलकुदका निर्देशक कृष्ण तिमिल्सिनाले पछिल्लो समय बालबालिकामा बढ्दै गएको मोवाइल मोहलाई कम गराउन उनीहरुलाई खेल मैदानमा ल्याउन अभिभावकहरु सचेत हुनुपर्ने बताउनुभयाे । बालबालिकामा बढ्दै गएको नकारात्मक प्रभाव कम गर्न र उनीहरुलाई अध्ययनतर्फ रुची बढाउन समेत खेलकुद प्रभावकारी हुने उहाँले उल्लेख गर्नुभयाे ।

कार्यक्रमका संयोजक तथा प्रदेश खेलकुद परिषदक सदस्य खगेन्द्र क्षेत्रीका अनुसार उक्त समर क्याम्पमा विभिन्न विद्यालयका कुद ११८ जना सहभागि छन् । ति मध्ये ५२ जना अन्य मार्शल आर्ट खेल संग सम्वद्ध रहेको मुआथाईका अन्तर्राष्ट्रिय प्रशिक्षक समेत रहेका क्षेत्रीले बताउनुभयाे ।

सिनियर मार्शल आर्ट प्रशिक्षक शिव गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ, प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ, कार्यकारी सदस्य दिल बहादुर गुरुङ, नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुली, जिल्ला खेलकुद कास्कीका अध्यक्ष तोरण बाँनिया, पोखरा महानगर खेलकुदका अध्यक्ष सुवास खड्का लगायतको सहभागिता रहेको थियो ।

सो अवसरमा सहभागिहरु खेलाडीहरुले मुआथाई खेलको वायक्रु नृत्य लगायत अन्य खेलकुद गतिविधिहरु प्रस्तुत गरेका थिए भने कार्यक्रममा सहयोगीहरुलाई समेत मायाँको चिनो सहित सम्मान गरिएको थियो । उक्त प्रशिक्षण कार्यक्रममा मुआथाईका अन्तर्राष्ट्रिय प्रशिक्षक रहेका क्षेत्री, ज्ञानेन्द्र सिंह, अनिश वुढा मगर, सुष्मा चौधरी, अर्मान गुरुङ र आयुष गुरुङले निशुल्क रुपमा प्रशिक्षण दिनेछन् । प्रशिक्षक क्षेत्रीले नि:शुल्क टिसर्ट, पानीको वोत्तल, झोलालगायतका किट्सहरु समेत सहभागिहरुलाई नि:शुल्क प्रदान गर्नुभएकाे छ ।

सो समर क्याम्पलाई नेपाल मुआथाई संघ गण्डकी प्रदेश र नेपाल राष्ट्रिय मुवांथाई संघ केन्द्रको विशेष सहयोग एवं समन्वय रहेको छ ।

के हो मुआथाई खेल
मुआथाई खेल थाइल्याण्डमा जन्मिएको खेल हो । यो थाइल्याण्ड हुँदै विश्वभरी फौलिएको छ । १३ औं शताव्दीमा युद्धकला सिक्न सुरु भएको मुआथाई १८ औं शताव्दीमा आएर तत्कालिन राजाहरुले यसलाई खेलको रुपमा विकास गरेका थिए । मुआथाई विश्वकै नं १ मार्शल आर्ट खेलको रुपमा लिइन्छ । यो खेलले थाइल्याण्डको खेल मार्फत अर्थतन्त्रम समेत सकारात्मक प्रभाव परेको बताइन्छ । विश्वका संयौं मार्शल आर्ट खेलाडीहरु यो खेल सिक्न थाइल्याण्ड पुग्ने गरेका छन् । नेपालमा समेत विस्तारै यो खेलको विकास अघि बढेको छ ।


काठमाडौं

शनिबार, चैत्र १, २०८१

१७.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

स्ववियु निर्वाचन समितिहरूलाई थप १३ बुँदे निर्देशन जारी

सामाजिक सञ्जालको अधिकार कटौती नहुने विधेयक: प्रधानमन्त्री ओली

२६२ औँ सेना दिवस  काठमाडौंको टुँडिखेलमा

सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन