fbpx

नेपालकी शन्नी शाहीले जित्नुभयाे मिसेस युनिभर्समा लोयल अवार्ड

author

समाचारपाटी

१ year अगाडि

काठमाण्डौं । हाल बेलायतमा बस्दै आएकी मिसेस नेपाल युनिभर्स शन्नी शाहीले अन्तराष्ट्रिय ब्युटी पेजेन्टमा सफलता हाँसिल गर्नुभएकाे छ । केही महिना अघि मिसेस नेपाल युनिभर्सल २०२२ ताज जितेपछि उहाँ हालै बुल्गेरियामा सम्पन्न मिसेस युनिभर्स २०२२ मा नेपालको तर्फबाट सहभागी हुनुभएकाे थियाे ।

विवाहित महिलाहरुको सोही अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा शन्नी शाही सुन्दरीले ‘मिसेस युनिभर्स लोयल २०२२’को उपाधि जित्नुभएकाे हाे । उहाँ नेपालको प्रतिनिधित्व गर्दै सो सौन्दर्य प्रतियोगितामा सहभागी हुनुभएकाे हाे । ४० औं मिसेस युनिभर्स २०२२ मा १२० देशका महिलाहरु प्रतिस्पर्धामा उत्रिएका थिए । बिजेता सहित एक दर्जन उपाधि थिए । जसमा नेपालकी शन्नीले ‘मिसेस युनिभर्स लोयल २०२२’को टाईटल जित्नुभएकाे हाे । मिसेसहरुबाट नेपालले यतीठुलो उपाधि जितेको यो नै पहिलो भएको उहाँको कथन छ ।

बेलायतबाटै उहाँले मिसेस युनिभर्स २०२२ मा सहभागी हुने अवसर पाउनुभयाे,‘शिर्ष उपाधि नै जित्ने तयारीका साथ म प्रतिस्पर्धामा उत्रिएको थिएँ । शिर्ष नभए पनि एउटा टाईटल मिसेस युनिभर्स लोयल २०२२ जितेकी छु र नेपाललाई मिसेस युनिभर्सको स्टेजमा चिनाएकी छु ।’ शन्नीले भन्नुभयाे ।

अन्तराष्ट्रिय उपाधि चुमेपछि बेलायतबाट यतिबेला काठमाडौं आएकी उहाँ नेपाल राष्ट्रिय खड्गी समाज, भमुलु अजिमा परिवार, शिवम बाँसुरी खलबाट सम्मानित पनि हुनुभएकाे छ ।

लन्डन फेशन होमले आयोजना गरेको मिसेस नेपाल युनिभर्समा १७ जनालाई उछिनेर शन्नीले शिर्ष उपाधि जित्नुभएकाे थियाे । अहिले भने मिसेस युनिभर्समा ‘मिसेस युनिभर्स लोयल २०२२’को उपाधि चुम्नुभएकाे हाे । काठमाडौंको असनमा जन्मिनुभएकी उहाँ ब्युटी एक्सपर्ट पनि हुनुहुन्छ । उहाँको लन्डनमा व्युटी सम्बन्धि व्यवसाय छ । दुई छोरीकी आमा शन्नी विवाह पछि पनि महिलाहरुले आफुले चाहेको सफलता हाँसिल गर्न सक्छन भन्नुहुन्छ । उहाँ आफु मनोविज्ञानको विज्ञ भएकाले उहाँले मानसिक स्वास्थ्य क्षेत्रमा पनि काम गर्दै आउनुभएकाे छ ।


काठमाडौं

बुधबार, असार १३, २०८१

२४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

बजेट सन्तुलित, समन्यायिक र नतिजामूलक छ : प्रधानमन्त्री

प्रधानमन्त्रीलाई काँग्रेस सांसदको प्रश्न : सत्ता ठूलो की मुलुक...

‘काँग्रेस भित्रको फोहोर सफा गर्न आवश्यक छ’

‘सरकारी अस्पतालमा लामो समय कुर्नुपर्ने अवस्था हटाउन उच्चस्तरीय टोली...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अन्तरजातीय विवाहको कथामा फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन