काठमाडौंँ । अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता 'मिसेस हेरिटेज इन्टरनेशनल’को शिर्ष उपाधि नेपालले जितेको छ । थाईल्याण्डको राजधानी बैंककमा आयोजित 'हेरिटेज प्याजेन्ट’मा नेपालकी विभा बस्नेतले 'मिसेस् हेरिटेज इन्टरनेशनल’को ताज पहिरन सफल हुनुभएकाे हाे । मिस तर्फको शिर्ष उपाधि भने पेरुकी फेयरस ओर रुम्बो एलले हात पार्नुभयाे । दुवै शिर्ष विजेताले पसर्नालिटी बिधाको अवार्ड समेत हात पार्न सफल रहे । सौन्दर्य प्रतियोगिता मार्फत मौलिक कलासंस्कृति,जातियता, आफ्नोपनको संरक्षण, प्रवद्र्धन गर्ने हेतुले आयोजना हुँदै आएको प्रतियोगीताको सातौं संस्करण हो ।
प्रतियोगीतामा 'मिसेस हेरिटेज इन्टरनेशनल’तर्फ फिलिपिन्स फस्ट रनरअप, भारत सेकेन्ड रनर अप, लाट्भिया थर्ड रनर अप र सर्विया फोर्थ रनर अप बन्दा मिसेस् तर्फ म्यानमार फस्ट रनर अप, युके सेकेन्ड रनर अप, जापान थर्ड रनर अप र पेरु फोर्थ रनर भयो । ईप्लानेट पिटिई लिमिटेड सिंगापुरको आयोजना रहेको प्रतियोगीताको संयोजन र व्यवस्थापन सिंगापुरका सुसन कोहले सह–समन्वय दुर्गा बिशुरालद्वारा गरिएको थियो। स्टेज प्रस्तुतिकरण र कोरियोग्राफी नेपाल फेशन कोरियोग्राफर रोजिन शाक्य र मलेशियाका स्टेज एवं डान्स कोरियोग्राफर वेस्ली शले संयुक्त रुपमा सम्लाहेको आयोजक संस्थाका अध्यक्ष सन्तोष सापकोटाले जानकारी दिनुभयाे ।
प्रतियोगितामा नेपालकी एलिशा लोलाई टुरिजम एम्बेसडर तथा मिसेस् तर्फकी नेपालकी विभा बस्नेतलाई हेरिटेज एम्बेसडरका रुपमा छनौट गरिएको छ । इभेन्ट एम्बेसडरका रुपमा थाईल्याण्ड र भियतनामकी सुन्दरीहरु चयन भएका थिए । प्रतियोगितामा नेपालका तर्फबाट हेरिटेज जेम्स विधामा सहभागी बालबालिकाले पनि सफलता हात पारे । प्रतियोगितामा प्रणय मानन्धरले 'हेरिटेज जेम्स इन्टरनेसनल २०२४’को शीर्ष उपाधि जिते भने क्यारिन दोबले 'हेरिटेज जेम्स वल्र्ड’को ताज हात पार्नुभयाे । त्यस्तै निशान उलक 'हेरिटेज जेम्स अर्थ’ फस्ट रनर अप र नभ्नी उलक 'हेरिटेज जेम्स एशिया २०२४’मा फस्ट रनर अप’ चयन भए ।
प्रतियोगितामा प्रशंसा बुढाथोकीले हेरिटेज 'जेम्स युनिभर्स २०२४’को ताज पहिरिन सफल हुनुभएकाे छ । वसन्त लामिछानेले 'मिष्टर हेरिटेज युनिभर्स २०२४’को उपाधि उचाल्नुभएकाे छ । मनिशा राजवंशीले 'हेरिटेज पेटाइट युनिभर्स २०२४’को ताज हाट पार्नुभएकाे छ । सुश्मिता श्रेष्ठले एमएस हेरिटेज इन्टरनेसनल २०२४’को ताज मिस तर्फ सहभागी एलिसा टुरिजम एम्बेसडरका रुपमा उहाँले 'वेष्ट स्माइल’ र 'फोटो जेनिक’ अवार्ड समेत प्राप्त गर्नुभयाे। कार्यक्रममा नेपालकै शिशिर लामिछाने ग्राण्ड हेरिटेज रनवेका लागि एम्बेसडर घोषणा गरिएको थियो ।
'हेरिटेज प्याजेन्टस् २०२४’मा यो पटक नेपाल, भारत, थाईल्याण्ड, बेलायत, नाइजेरिया,भियतनाम, फिलिपिन्स, पेरु, सिंगापुर, म्यानमार,न्युजिल्याण्ड, मेक्सिको, इन्डोनेसिया, लाट्भिया,सर्विया, केन्या तथा मलेशियाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।