काठमाडौँ । ‘मिष्टर नेपाल वल्र्ड’ विजेता नूतन श्रेष्ठ थाइल्याण्ड उड्नुभएकाे छ । थाइल्याण्डमा आयोजना हुने ‘मिष्टर ग्लोवल’ मा नेपालको प्रतिनिधित्व गर्न उहाँ बुधबार साँझ थाइल्याण्ड उड्नुभएकाे हाे । उहाँलाई त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा बिदाई गर्न आयोजक नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमला लगायत पुग्नुभएकाे थियाे ।

‘मिष्टर ग्लोवल’ को उपाधि नेपाल भित्र्याउने लक्ष्य सहित प्रतियोगीतामा आफु सहभागी हुन लागेको श्रेष्ठले बताउनुभयाे । श्रेष्ठलाई नेक्स्ट मोडल्स नेपालले उक्त प्रतियोगीतामा पठाएको हो । यो बर्ष ‘मिष्टर वल्र्ड’ आयोजना नहुने भएकोले श्रेष्ठलाई ‘मिष्टर ग्लोवल’ मा पठाइएको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताउनुभयाे ।
फब्रुअरी २ (आज)देखि १२ तारिकसम्म थाइल्याण्डमा आयोजना हुने प्रतियोगीतामा उहाँ नेपाली कलासंस्कृति सहित सहभागी हुनुहुनेछ । करिब ६० बढी देशका पुरुषहरुको सहभागीता रहने ‘मिष्टर ग्लोवल’ प्रतिष्ठित सौदर्य प्रतियोगीता मान्निछ ।
श्रेष्ठ ‘मिष्टर नेपाल वल्र्ड २०२२’ का विजेता पनि हुनुहुन्छ । ‘मिष्टर नेपाल’ पुरुषहरु सहभागी हुने नेपालकै प्रतिष्ठित र ठुलो प्रतियोगिता हो । २६ बर्षका श्रेष्ठले ३५ प्रतिप्रर्धिलाईपछि पार्दै उपाधि चुम्नुभएकाे थियाे । ‘मिष्टर ग्लोवल’ को उपाधि नेपाल भित्र्याउने लक्ष्य सहित प्रतियोगीतामा आफु सहभागी हुन लागेको श्रेष्ठले बताउनुभयाे ।