सभामुखले प्रतिनिधि सभा नियमावलीको उल्लंघन गरेर बैठक चलाएको सांसदको आरोप

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावलीको उल्लंघन गरेको बताउनुभएको छ । 


बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद दाहालले केही दिन अघिको बैठकमा प्रधानमन्त्रीलाई रोष्टममा उभ्याएर अन्य सदस्यहरुलाई बोल्न समय दिएको उल्लेख गर्दै सभामुखले प्रतिनिधि सभा नियमावलीको उल्लंघन गरेको बताउनुभएको हो । उहाँले साभामुखले प्रधानमन्त्रीले बोलिसकेपछि प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई बोलाएर फेरि टिकाटिप्पणी गर्ने अधिकार दिएको भन्दै आलोचना गर्नुभयो । उहाँले प्रतिनिधि सभा नियमावलीको मातहतमा रहेर बैठक सञ्चालन गर्न आग्रह गर्नुभयो । 


उहाँले भन्नुभयो – ‘मैले भन्नैपर्छ, अस्ति रोष्टमममा उभिएर प्रधानमन्त्रीले जवाफ दिँदैजाँदा यहाँहरुको माग बमोजिम, अघिल्लो दिन यहाँहरुले अवरोध गर्नुभयो । अघिल्लो दिन सदन अवरोध गर्नुभयो । यहाँहरुको माग थियो प्रधानमन्त्री सदनमा आउनुपर्छ । र उहाँले जवाफ दिनुपर्छ । तपाइहरुले प्रश्न गर्नुभयो । प्रधानमन्त्री जवाफ दिन रोष्टममा उभिँदाखेरी उहाँले जवाफ दिन पाउनुभएन । तपाईहरुले प्रधानन्त्रीको हुर्मत लिनुभयो । हेप्नुभयो । सदन चलाउँदा सदनमा हामी स्वतन्त्र छैनौँ । हामी हरेक सांसदहरु स्वतन्त्र छैनौँ । सभामुख पनि स्वतन्त्र हुनुहुन्न । संविधानको मातहतमा र प्रतिनिधि सभा नियमावलीको मातहतमा रहेर मात्र हामीले आफ्ना अभिव्यक्ति राख्न पाइन्छ ।

हामी संविधानको मातहतमा रहेर, प्रतिनिधि सभा नियमावलीको मातहतमा रहेर आफ्ना अभिव्यक्ति राख्नुपर्नेमा सभामुख आफैँले पनि प्रतिनिधि सभा नियमावलीको उल्लंघन गर्नुभएको छ । रोष्टममा तपाईले प्रधानमन्त्रीलाई रुलिङ गर्ने कि, माननीय सांसदहरुलाई रुलिङ गर्ने ? प्रधानमन्त्रीलाई तपाई चुप लाग्नुस् उहाँहरुले बोल्नुहुन्छ भनेर । हाम्रो प्रतिनिधि सभा नियमावलीले प्रष्ट लेखेको छ, एक पटक एउटा विषयमा प्रश्न उठाइसकेपछि बारम्बार उठाउन पाइँदैन ।

रघुजी पन्तले चारचोटी बोल्नुभयो । योगेश भट्टराईले बोल्नुभयो । त्यसकारणले गर्दा कमसेकम प्रतिनिधि सभा नियमावलीको मातहतमै रहेर सदन सञ्चालन गर्न र त्यसरी एकपटक स्पष्टिकरण दिइसकेपछि थप फेरि प्रश्न गर्न पाइँदैन । प्रधानमन्त्रीले बोलिसकेपछि प्रमुख प्रतिपक्ष दलका आदरणीय नेता केपी शर्मा ओलीलाई बोलाएर फेरि टिकाटिप्पणी गर्ने अधिकार सभामुखले दिनुभएको छ । त्यसकारणले प्रतिनिधि सभा नियमावलीको मातहतमा रहेर सदन सञ्चालन गर्न निवेदन गर्दछु ।’


सांसद दाहाललले देशमा एकाएक वर्तमान सरकार आएपछि मात्रै बेथिति नआएको बताउनु भयो । उहाँले बेथिति र समस्याहरुको चाङमा विगतमा सरकारको नेतृत्व गरेको प्रतिपक्ष दल एमालेको पनि सहभागिता रहेको उल्लेख गर्नुभयो । 
उहाँले भन्नुभयो – ‘तपाईहरु योभन्दा पहिला फुत्त अरु कुनै ठाउँमा हुनुहुन्थ्यो, अहिले आउने बित्तिकै बेथितिको चाङ देख्नुभयो ? तपाईहरु पनि सरकारमा सहभागि हुनुहुन्छ, लामो समयदेखि सत्ताको नेतृत्व गर्नुभएको छ । बेथितिको चाङमा, यो समस्याको चाङमा तपाईहरुको पनि सहभागिता छ । तपाईहरुले पनि स्वामित्व लिनुपर्छ । सबै मिलेर यि सबै बेथिति, अराजकता, अनुशासनहिनता सबैको अन्त्य गर्नुपर्छ । यसको निम्ति कोही राम्रा कोही नराम्रा भनेर पन्छिन पाइँदैन ।’
उहाँले देशमा भएका समस्याहरुको सबै मिलेर स्वामित्व लिनुपर्ने र मिलेर नै बेथिति, अराजकता र अनुशासनहिनताको अन्त्य गर्नुपर्ने बताउनु भयो ।


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन