‘प्रधानमन्त्री नेपालको इतिहासमै संसदमा निरीह बन्नुभयो”

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले नेपालको इतिहासमै प्रधानमन्त्री संसदमा निरीह भएको बताउनुभएको छ ।
सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले प्रधानमन्त्रीले नागरिकता विधेयक प्रमाणीकरण गर्न गलत बाटो अपनाएको र यसबारेमा आफूसँग कुनै तर्क नरहेकाले प्रधानमन्त्री निरीह बन्नुभएको बताउनु भयो ।

उहाँले प्रधानमन्त्रीको नागकिरता विधेयकबारे दिएको धारणा नै फितलो र कमजोर रहेको बताउनु भयो । उहाँले अदालतले नै रोकिसकेपछि प्रधानमन्त्रीसँग तर्क नहुँदा संसदमा कुतर्क प्रश्तुत गरिरहेको भन्दै बिरोध जनाउनु भयो । उहाँले प्रधानमन्त्रीले संसदलाई ढाँट्न नमिल्ने पनि बताउनु भयो । 


उहाँले भन्नुभयो, ‘आज संसदमा नेपालको प्रधानमन्त्री इतिहासमै निरीह हुनुभयो । यसरी निरीह भएर कहिल्यै पनि प्रश्तुत भएको छैन । किनभने उहाँसँग कुनै तर्क नै छैन । उहाँको धारणा नै कमजोर र फितलो छ । उहाँले विधेयक प्रमाणीकरणको गलत बाटो अपनाउनुभएको छ । अदालतले रोकिदिइसकेको छ । उहाँसँग कुनै तर्क छैन ।

अनि कुतर्क गर्ने भावनात्मक कुरा गर्ने, प्रधानमन्त्रीले संसदलाई ढाँट्न भएन, बंगलादेश बाटोबारेमा म बोलेकै छैन, हामीले सुनाइदिएका छौँ त, अनि भारतमा गएर नेपालको बारेमा विवादास्पद अभिव्यक्ति दिने । यत्रो मुलुकलाई विवादित बनाएर उहाँले विष खुवाउनुभएको छ ।’


काठमाडौं

शनिबार, साउन ४, २०८२

३१.७७°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगबाट सेटल गर्छौंः योगेश भट्टराई

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

मिस कास्की नेपाल २०२५ को भव्य ग्राण्ड फिनाले भोलि...

”को कवि ”

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन