fbpx

सरकारको नीति, कार्यक्रममा जनयुद्ध शब्द उल्लेख भएकोप्रति योगेश भट्टराईको आपत्ति

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । नेकपा(एमाले)का सांसद योगेश भट्टराईले सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा जनयुद्ध शब्द प्रयोग गरेको भन्दै आपत्ति जनाउनुभएको छ । 


सोमवार प्रतिनिधि सभाको बैठकमा सरकारको आगामी आर्थिक वर्षको निति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद भट्टराईले नीति तथा कार्यक्रमको पहिलो बुँदामै जनयुद्ध शब्दको प्रयोग भएको भन्दै आपत्ति जनाउनुभएको हो । उहाँले नेपालको कुनैपनि सरकारी दस्तावेजहरुमा यो शब्द हालसम्म उल्लेख नभएको भन्दै यसपटक प्रधानमन्त्रीले राष्ट्रपतिको मुखबाट जनयुद्ध शब्द वाचन गराउन लाग्नुभएको बताउनु भयो । उहाँले नेपाली कांग्रेसले जनयुद्ध शब्दलाई स्वीकारेमा नेपाली काँग्रेसको अन्त्य हुने बताउनु भयो । 


उहाँले भन्नुभयो – ‘सम्बोधनको पहिलो नम्बर बुँदामा हाम्रो असहमति छ । यहाँ विगतमा भएका आन्दोलनहरुको व्याख्या गर्दै जनयुद्ध भन्ने शब्द पनि यहाँ उच्चारण भएको छ । यो विषयमा संविधानसभामा पर्याप्त बहस भएको हो । ०७२ सालको संविधानपछि नेपालका कुनैपनि सरकारी दस्तावेजहरुमा यो शब्द उल्लेख भएको छैन । पहिलो पटक प्रधानमन्त्री पुष्पकमल दाहालजीले यो शब्द राष्ट्रपतिको मुखबाट वाचन गर्न लगाउनुभएको छ । यतिबेला म प्रधानमन्त्री पुष्पकमल दाहालजीप्रति इंकित गरिराखेको छैन । यदी यो १ नम्बर बुँदा काँग्रेसले स्वीकार्छ भने मलाई लाग्छ कि इन्ड अफ द हिस्ट्रि नेपाली काँग्रेसकै इन्ड अफ द हिस्ट्रि हो । यदी यो शब्दलाई र यो स्प्रिटलाई उहाँहरुले स्वीकार्नु हुन्छ भने ।’


भट्टराईले नीति तथा कार्यक्रममा महिला, दलित र पिछडिएका क्षेत्रका वर्ग र समुदायहरुको बारेमा उल्लेख गर्न नसकेको बताउनु भयो । त्यसैगरी पहाड र हिमालका मानिसहरु बसाइसराइ गरिराखेको सन्दर्भमा सोही ठाउँमा मानिसहरुलाई अड्याउनका लागि सरकारले ध्यान नपुयाएको उहाँले बताउनु भयो । 


उहाँले भन्नुभयो – ‘यो नीति कार्यक्रमले ५१ प्रतिशतको जनसंख्यामा रहेका महिलाहरु, १५ प्रतिशतभन्दा बढी जनसंख्यामा रहेको दलित समुदाय, पिछडिएको क्षेत्र र अन्य धेरै जो वर्षौदेखि राज्यको मुल प्रवाहीकरणमा समेटिन नसकेका वर्ग र समुदायको बारेमा यसले खासै उल्लेख गरेको छैन । त्यसकारणले यो नीति कार्यक्रम समाजका कुन वर्ग र समुदायमा बढी प्रेरित छ, कुन वर्ग समुदायप्रति यो आकर्षित छ भन्नेकुरा नै यसमा अन्यौल छ । यदी पहाड र हिमालमा मानिसलाई अड्याउन नसक्ने हो भने यो देशको विकासको अवधारणा कोल्टे पर्छ । आज यो निति कार्यक्रमले यो तथ्यांकप्रति नजर अन्दाज गरेको छ । यसले कुनैपनि त्यसमा ठोस समाधान दिएको छैन ।’ 
सांसद भट्टराईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु गल्ती नभएको बताउनु भयो । ति विमानस्थलहरुलाई व्यवसायिक प्रतिफल प्राप्त हुनेगरी सञ्चालन गर्न नसक्नु सरकारको असफलता भएको उहाँले बताउनु भयो । 
उहाँले भन्नुभयो – ‘कतिपय माननीयहरुले त गौतमवुद्ध विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अहिले नै ह्याम्बर लगेर भत्काइहाल्नु हुन्छकि जस्तोगरी बोलिरहनु भएको छ । गौतमबुद्ध विमानस्थल बनाउनु गल्ती थिएन । पोखरा विमानस्थल बनाउनु गल्ती थिएन । कमजोरी कहाँ हो भने त्यसलाई व्यवसायिक ढंगले प्रतिफल प्राप्त हुनेगरी सञ्चालन गर्न नसक्नु यो सरकारको असफलता हो । भारत सरकारसँग हवाइ सम्झौता अनुसार हवाइ मार्ग प्राप्त गर्न सक्ने कुटनैतिक ल्याकत नराख्नु गौतमबुद्ध विमानस्थलको दोष होइन । पोखरा विमानस्थलको दोष त्यो होइन ।’  
उहाँले सरकारले भारत सरकारसँग हवाइ सम्झौता अनुसार हवाइ मार्ग प्राप्त गर्नसक्ने कुटनैतिक ल्याकत राख्न नसकेको बताउनु भयो ।


काठमाडौं

आइतवार, असार १०, २०८१

२७.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अन्तरजातीय विवाहको कथामा फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो