fbpx

संविधान संशोधनका एजेण्डामा सबै दलहरुसँग सहमतिको प्रयास गर्छौँः योगेश भट्टराई

author

समाचारपाटी

१ महिना अगाडि

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले संविधान संशोधनका एजेण्डामा सबै दलहरुसँग सहमतिको प्रयास गरिने बताउनुभएको छ ।


सोमवार प्रतिनिधि सभा बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले दुई दलीय कार्यदललले संविधान संशोधनका एजेण्डा तय गर्ने बताउनु भयो । उहाँले कार्यदलले तय गरेका एजेण्डाहरुमा संसदमा रहेका सबै पार्टीहरुलाई सहमत हुनेगरी अगाडि बढाइने बताउनु भयो । संविधान निर्माणमा महत्वपूर्ण भुमिका खेलेका सबै दलहरुसँग छलफल र सहमति गरेरमात्र संविधान संशोधन गरिने बताउनु भयो । उहाँले काँगेस र एमाले संविधानको रक्षा गर्दै संशोधनयोग्य कुरामा सुधार गर्न प्रतिबद्ध रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘हामीले सहमतिको दोस्रो बुँदामा नै संविधानको पुनरावलोकन गर्दै आवश्यकता अनुसार संविधान संशोधन गर्ने भनेको छ । संविधान संशोधन संवैधानिक बाटोबाट हुन्छ । दुईटा पार्टीको बीचमा एजेण्डाहरु तय हुन्छन् । त्यसका लागि कार्यदलले काम गर्छ । र ति एजेण्डाहरुमा संसदमा भएका सबै दलहरुसँग हामी छलफल गर्छौं । छलफलको क्रममा सबैसित सहमति लिने हामी कोशिस गर्छौं । संविधान निर्माणमा मुलतः माओवादी केन्द्र, एमाले र काँग्रेसको भूमिका छ । मधेशकेन्द्रीत दलहरुको पनि भूमिका छ । अहिले संविधानको सर्व स्विकार्यता पनि बढेको छ । यो संविधानप्रति हाम्रो लगाव छ । संविधानका कतिपय प्रावधानहरु संशोधन योग्य छन् । त्यसलाई हामी संशोधन गर्नको लागि यही संसदमा ल्याउँछौं ।’
उहाँले जसपा, नेपाललले अध्यादेशको समर्थन गर्नेमा आफू विश्वस्त रहेको समेत बताउनु भयो । केही दिनमै अध्यादेशहरु संसदबाट बहुमतले पास हुने उहाँको दाबी छ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बुधबार, चैत्र ५, २०८१

१३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

पुल्चोक क्याम्पसमा २ हजार ९७९ मत खस्यो

झडप भएपछि पाटन संयुक्त क्याम्पसको चुनाव स्थगित

काठमाडौं उपत्यकाका ११ क्याम्पसमा स्ववियु नेतृत्वका लागि मतदान हुँदै

आरआर क्याम्पस बाहिर विद्यार्थीहरुले गरे विरोध स्वरुप मतदान

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन