fbpx

‘मुलुकमा सुशासन कायम गर्ने कर्मचारी प्रशासन बनाउन आवश्यक’

author

समाचारपाटी

२ महिना अगाडि

नेकपा (एमाले) का सांसद योगेश भट्टराईले मुलुकमा सुशासन कायम गर्ने कर्मचारी प्रशासन बनाउन आवश्यक रहेको बताउनुभएको छ ।


मंगलवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रश्तावकर्तासँगको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकमा सुशासन कायम गर्नु आजको मुख्य चुनौति भएको उल्लेख गर्दै त्यसका लागि सरकारसँग सहकार्य गर्नसक्ने कर्मचारी प्रशासन बनाउन आवश्यक रहेको बताउनु भयो । सुशासन कमजोर हुँदा राज्य र नागरिकको बीचको दूरी बढ्दै गइरहेको उहाँको भनाइ छ । उहाँले नेपाल भूराजनीतिक अवस्थामा भएकोले दुनियासँग प्रशासनिक विषयमा डिल गर्ने र विश्व बजारमा प्रतिष्पर्धा गर्ने खालको कर्मचारी प्रशासन बनाउन आवश्यक रहेको समेत बताउनु भयो । उहाँले कर्मचारीको नियुक्ति, सरुवा र बढुवामा मापदण्डहरु पालना नभएको उल्लेख गर्दै मापदण्ड विपरित कामहरु भइरहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘स्वस्च्छ, पारदर्शी र जवाफदेही कर्मचारी प्रशासन संघीय निजामति विधेयकको उद्देश्य हुनुपर्छ । सुशासनको प्रत्याभुति हुनुपर्यो । आजको च्यालेन्ज भनेको सुशासन हो । हामीले २०४६ सालको व्यवस्थापछि पनि हे¥यौं । जब सुशासन कमजोर हुन्छ । राज्य र नागरिकको बीचमा ग्याप हुँदै जान्छ । त्यसकारण यो सुशासनको प्रत्याभुति गर्ने मुख्य दायीत्व त राजनीतिक नेतृत्वको हो तर त्यसको लागि म्यासेन्जरको काम कर्मचारी प्रशासनले गर्दछ । सरकारले कर्मचारी प्रशासनको सहायतामा सुशासन कायम गर्ने खालको निजामति प्रशासन बनाउनुपर्छ भन्ने मलाई लाग्छ । आजको दिनमा योग्य दक्ष प्रशासन हामीले खोजेको हो । देशभित्र मात्र नभएर अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धा गर्ने कर्मचारी प्रशासन आजको आवश्यकता हो । जनसंख्या र शक्तिको हिसावले ठूला राष्ट्रको बिचमा भएको र नेपाल भूराजनीतिक अवस्थामा भएको हुनाले दुनियासँग प्रशासनिक कुरामा डिल गर्नुपर्ने कुराहरुलाई ध्यान दिँदै हाम्रो प्रशासन उनीहरुसँग प्रतिस्पर्धा गर्ने खालको बनाउनु प¥यो । त्यसको लागि तालिम लिनुप¥यो । नियुक्ति, सरुवा, बढुवामा मापदण्डहरु फलो गर्नुप¥यो । मापदण्ड एकातिर काम चाहीँ अर्कोतिर भइराखेको छ । त्यसकारण मापदण्ड फलो गरौं ।’


स्वच्छ, पारदर्शी र जवाफदेही कर्मचारी प्रशासन संघीय निजामति विधेयकको उद्देश्य हुनुपर्नेमा उहाँको जोड थियो ।
बैठकमा नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद शेरबहादुर कुवँरले कर्मचारीहरुलाई सेवा डेलभिरीमा विश्वासिलो ढंगले काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनु भयो । उहाँले मापदण्ड कार्यान्वयन नहुँदा कर्मचारी प्रशासन सरुवा, बढुवा प्रक्रियाले शिथिल परेको बताउनु भयो । सरकारका उच्च तहका सचिवहरु वर्षमै ५÷६ पटक सरुवा भएका उदाहरणहरु रहेको उल्लेख गर्दै सरुवा प्रणालीमाथिको राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘कर्मचारीहरुलाई विश्वासिलो ढंगले काम गर्ने वातावरण सिर्जना गर्नुपर्दछ । नागरिकले राज्यबाट लिने भनेको सेवा हो । सेवा डेलिभरीलाई सहज बनाउने कर्तव्यवोध गर्नेगरि यो कुरामा पनि विधेयक निर्माणका क्रममा छलफल हुन आवश्यक छ । यो विधेयकले यी सबै व्यवस्थाहरुलाई सम्बोधन गरुन् भन्ने म आग्रह गर्न चाहन्छु । धेरै संशोधनका कुरा आइसकेका छन् । म यता तिर जान चाहन्न  । अहिले कर्मचारी प्रशासन सरुवा बढुवा प्रक्रियाले गर्दा शिथिल परेको अवस्था छ । उच्चतम पदमा बसेका उनीहरुको वर्षमा ६ पटक सरुवा भएका उदाहरणहरु हामीले देखेका छौं । सरुवा प्रणालीमाथि जसरि राजनीतिक हस्तक्षेपहरु भइरहेका छन् । यसलाई कसरी नियन्त्रण गर्नेभन्नेबारे सोच्न आवश्यक छ ।’


अधिकांश संशोधनकर्ताहरुले कर्मचारी प्रशासनमा रहेका विद्यमान समस्याहरुको समाधान हुनेगरी विधेयक ल्याउनुपर्नेमा जोड दिनुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, माघ १३, २०८१

११.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक