काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद विष्णु पौडेलले देश अफ्ठ्यारो स्थितिमा रहेको बताउनुभएको छ । शनिबार रुपन्देहीमा भएको ''प्रेस चौतारी मैत्रीपूर्ण फुटसल प्रतियोगिता २०८०'' को अवसरमा बोल्दै उहाँले अहिले देशको राजनीति बिग्रिरहेको दाबी गर्नुभएको हो।
उपाध्यक्ष पौडेलले राजनीति संग्लो नभएसम्म देश ठिक ढंगबाट अघि बढ्न नसक्ने दाबी गर्नुभयो । उहाँले सरकार र सरकारका कामकारबाहीहरुले गर्दा देश लथालिंग र भताभुंग भएको जिकिर गर्नुभयो।
उहाँले भन्नुभयो, ‘देश धेरै अफ्ठ्यारो अवस्थामा छ । देशले धेरै ठूलो सफर गरिरहेको छ । म यहाँहरुलाई बताउन चाहन्छु । जबसम्म राजनीति सङ्ग्लो हुँदैन । तबसम्म देश ठिक ढंगले अघि बढ्न सक्दैन । अहिले देशको राजनीति बिग्रिरहेको छ । खासगरी सरकार र सरकारका कामकारबाहीहरुले गर्दा देश लथालिंग छ । भताभुंग भएको छ । यसलाई लयमा फर्काउनु पर्ने ट्रयाकबाट हिँडाउनुपर्ने चुनौति र परिस्थिति छ ।’ उपाध्यक्ष पौडेलले बिग्रिएको राजनीतिलाई लयमा फर्काउनु पर्ने चुनौतिपूर्ण परिस्थिति रहेको दाबी गर्नुभयो ।
न्युज एजेन्सी नेपाल