‘एकल महिलाका सन्तानलाई मावलीको थरबाट नागरिकता दिनु संविधानको मर्म विपरित छ’:-विद्या सांसद भट्टराई

author

समाचारपाटी

२ years अगाडि

नेकपा (एमाले) की सांसद विद्या भट्टराईले एकल महिलाका सन्तानलाई मावलीको थरबाट नागरिकता दिनेकुरा संविधानको मर्म विपरित भएको बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद भट्टराईले आमाको नामबाट नागरिकता पाउने कुरा संविधानले नै स्वीकार गरेको अवस्थामा एकल महिलाको सन्तानलाई मावलीको थरबाट नागरिकता दिनु संविधान विपरित भएको बताउनुभएको हो । उहाँले मावलीको थरबाट सन्तानलाई नागरिकता दिने कुराले आमाको अस्तित्वलाई अस्वीकार गरेको पुष्टि हुने बताउनु भयो । संविधान र कानूनले स्थापित गरेको विषयलाई गृह मन्त्रालयको परिपत्रले खण्डन गरेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘एकल महिलाको अस्तित्वको कुरा, पहिचानको कुरा छ । जुन कुरा संविधानले नै हामीलाई आमाको नामबाट, वा बाबुको नामबाट नागरिकता पाउने कुरालाई संविधानले नै स्वीकार गरेको छ । संविधानले स्वीकार गरेको संविधानको मर्म अनुसार देवानी संहीतामा पनि पास गरिसकेका छौँ । भनेपछि अहिले कानून र संविधान भन्दा विपरित ढंगले मावली भनेर जुन शब्द राखियो, त्यो शब्दले आमा भन्ने कुरालाई नै अस्तित्वलाई मानेन भन्ने मेरो कुरा हो । संविधानमा हामीले धेरैपटक वहस गर्यौँ । महिलाको अस्तित्वसहितको हकलाई कसरी हामीले संरक्षण गर्ने रु महिलाको हकलाई हामीले कसरी स्थापित गर्दै लैजाने भन्ने त हिजो संविधानसभाको प्रमुख विषय थियो । संविधानसभामा व्यापक छलफल भएको कुरा आज आएर फेरि एउटा परिपत्रबाट संविधान र कानूनले स्थापित गरेको विषयलाई परिपत्रले खण्डन गरेजस्तो लाग्यो । बच्चाको पहिचान आमाको नामबाट दिन सकियो । मामाघर संस्थागत गर्न खोजियो । महिलाको एकल पहिचानको कुरा हो नि त यो उठाएको त । एकल पहिचानको कुरालाई संस्थागत गर्न खोजियो । त्यो पितृत्वसँग नै जोडियो । मावली भन्ने बित्तिकै मामाघर भन्ने हुन्छ । मामाघर पितृत्वसँग जोडियो । संविधानले पितृत्व र मातृत्व एउटै हो भन्ने व्याख्या गरेको छ । त्यो कुरालाई यसले खण्डन गर्यो । यो गलत छ । यसलाई पुनः परिपत्र गर्नुपर्छ । संहीता र संविधानले जे कुरा उल्लेख गरेको छ, त्यसको आधारमा परिपत्र गर्नुपर्छ । पुनः परिपत्र गर्नुपर्छ भन्ने हो मेरो धारणा ।’

सांसद भट्टराईले गृहले संहीता र संविधानमा उल्लेख भए अनुसार आमाको नाम, थरमा नागरिकता दिनेगरी पुनः परिपत्र गर्नुपर्ने धारणा राख्नुभयो ।


काठमाडौं

बिहिबार, जेष्ठ ९, २०८२

२३.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन