fbpx

‘सरकारले विश्वविद्यालयमा लगाइएको तालाबन्दी तत्काल हटाउनु पर्छ’:- सांसद विद्या भट्टराई

author

समाचारपाटी

१ year अगाडि

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद विद्या भट्टराईले नेपाल संस्कृत विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा लगाइएको तालाबन्दी तत्काल हटाउन सरकारसँग माग गर्नुभएको छ । 

बिहीवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल आफैं जिम्मेवार नभएका कारण ती दुवै विश्वविद्यालयमा निरन्तर रुपमा तालाबन्दी लगाउने काम भएकाले त्यसलाई हटाउन सरकारले ढिलाई गर्न नहुने बताउनु भयो । उहाँले विश्वविद्यालयलाई प्राज्ञिक क्षेत्रको रुपमा विकास गर्न पनि सरकारलाई सचेत गराउनु भयो । 

सांसद भट्टराईले भन्नुभयो, ‘नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी निरन्तर छ । तालाबन्दी संस्कृतिले आम विद्यार्थी निराश छन् । शिक्षा लोकतन्त्रको पूर्वशर्त हो । लोकतन्त्र शिक्षा र विवेकशील नागरिक लोकतन्त्रमा मानक हुन् । तर यो कुराप्रति सरकार जिम्मेवार देखिएको छैन । तालाबन्दी संस्कृति अन्त्य गरी विश्वविद्यालयहरुको प्राज्ञिक संस्कृतिको लागि दलहरु प्रतिवद्ध हुन नसक्दा सरकार सम्वद्ध दल आवद्ध विद्यार्थी संगठनहरुलै तालाबन्दी गरेको सार्वजनिक समाचारहरु आईरहेका छन । सम्माननीय प्रधानमन्त्रीज्यु विश्वविद्यालयको दिक्षान्त समारोहमा कुलपतिको हैसियतले बोलेका कुरामा प्रतिवद्ध नहुँदा यस्ता व्यवहार स्थापित हुँदै गएका छन् । विश्वविद्यालयहरुमा भएको तालाबन्दीको जिम्मेवारी शिक्षामन्त्रीले लिन नसकेका कारण आज प्राज्ञिक क्षेत्र आन्दालनको केन्द्र बनेको छ । प्राज्ञिक वातावरण बनाउन कूलपति, उपकुलपतिबीच साझा धारणा बनाउन नसक्दा आज विश्वविद्यालयमा यस्ता खालको अवस्थाहरु सृजना भएका छन् । विद्यार्थीहरुको जायज माग सम्बोधन गरी तालाबन्दी खुलाउने काममा लाग्न म सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।’
सांसद भट्टराईले सत्ता पक्षकै विद्यार्थी संगठनहरुले विश्वविद्यालयलाई तालाबन्दी संस्कृतिको केन्द्र बनाएको आरोप समेत लगाउनु भयो ।


काठमाडौं

बुधबार, मंसिर २६, २०८१

५.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक