fbpx

‘साइबर सम्बन्धी विज्ञ प्रत्येक मन्त्रालयमा राख्नुपर्छ, सरकारले ख्याल गर्नुपर्छ’:-सांसद वामदेव गौतम

author

समाचारपाटी

१ year अगाडि

सांसदहरुले साइबर सम्बन्धी विज्ञहरु प्रत्येक मन्त्रालयमा राख्नुपर्ने बताएका छन् । सोमवार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदहरुले सरकारले हरेक मन्त्रालयमा साइबरसम्बन्धी प्राविधिक विज्ञहरु राख्नुपर्ने धारणा राखेका हुन् । उनीहरुले प्रविधिको प्रयोग गरी अपराधिक गतिविधि गर्नेहरु बढेको भन्दै सरकारले हरेक मन्त्रालयमा सचिसरहको एक जना विज्ञ राख्नुपर्ने बताए । उनीहरुले साइबर अपराधलाई समयमा नै निर्मुल पार्न आवश्यक जनशक्तिको पूर्ति गर्न पनि सरकारसँग माग गरेका छन् । समितिको बैठकमा बोल्दै सांसद वामदेव गौतमले साइबर सम्बन्धी विज्ञहरु प्रत्येक मन्त्रालयमा राख्नुपर्ने बताउनु भयो । उहाँले पाठ्यक्रममा नै सुरक्षाको व्यवस्थाका बारेमा समावेश गराइ अध्ययन, अध्यापन गराउनुपर्ने बताउनु भयो । सांसद गौतमले सुरक्षा व्यवस्थाको अवलम्वन नगरे कुनैपनि बेला देशलाई क्षति हुने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘साइबर सम्बन्धी विज्ञ प्रत्येक मन्त्रालयमा राख्नुपर्छ । सरकारले ख्याल गर्नुपर्छ । प्रशासनिक र अन्य विषयलाई हेर्नको लागि हरेक मन्त्रालयमा एकजना सचिव हुन्छ, सचिव सरहकै प्राविधिक विज्ञ हुनुपर्छ । जति पैसा तिरेर भएपनि राख्नुपर्छ । त्यसरी मात्रै साइबर सुरक्षा गर्न सकिन्छ । हामीले अब बौद्धिक क्षमतासँग सम्बन्धित विषयमा लैजान कक्षागत तहमा नै पाठ्यक्रममा नै सुरक्षाको व्यवस्थाका बारेमा समावेश गर्नुपर्छ । शिक्षासँग सम्बन्धित बनाएर यसलाई लैजानुपर्छ । यो सुरक्षा व्यवस्थाको अवलम्वन नगरीकन सुरक्षा हुनै सक्दैन । कुनैपनि बेला हाम्रो राज्य कोल्याप्स हुनसक्छ । यस्तो अवस्था कुनैपनि देशमा हुन्छ ।’

बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद भुवनबहादुर सुनारले सरकारी निकायमा प्रयोग हुने सूचना प्राविधिक उपकरण खरिदका लागि मापदण्ड बनाउन जरुरी रहेको बताउनु भयो । उहाँले प्राविधिक प्रयोग सम्बन्धमा समयसापेक्ष नीति तर्जुमा गर्नुपर्नेमा उहाँको जोड थियो । सांसद सुनारले सरकारी निकाय आवश्यक्ताका आधारमा वेबसाइट बनाएर प्रयोगमा ल्याउनुपपर्ने, सरकारी वेबसाइट जस्तो महत्वपूर्ण कुरा सहकारी बनाउने विषयमा निश्चित मापदण्ड र नीति तर्जुमा गर्नुपर्ने र राष्ट्रिय सूचना नीति २०७३ लाई परिमार्जन गर्नुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘सरकारी निकायमा प्रयोग हुने सूचना प्राविधिक उपकरण खरिदका लागि मापदण्ड बनाइनुपर्छ । प्राविधिक प्रयोग सम्बन्धमा समयसापेक्ष नीति तर्जुमा गर्नुपर्छ । सरकारी निकाय आवश्यक्ताका आधारमा वेबसाइट बनाएर प्रयोगमा ल्याउनुपर्छ । सरकारी वेबसाइट जस्तो महत्वपूर्ण कुरा सहकारी बनाउने भन्ने विषयमा निश्चित मापदण्ड र नीति तर्जुमा गर्नुपर्छ । राष्ट्रिय सूचना नीति २०७३ लाई परिमार्जन गर्नुपर्छ ।’

बैठकमा नेपाली काँग्रेसकी सांसद कमलादेवी पन्तले प्रविधिको ज्ञान भएका मानिसहरुलाई पैसा धेरै दिएर भएपनि मन्त्रालयमा साइबर सुरक्षाका लागि राख्नुपर्ने बताउनु भयो । उहाँले साइबर ह्याक गर्ने ह्याकरलाई कारबाही गर्न नेपालसँग ऐन नरहेकाले कसरी अपराधीलाई कारबाही गर्ने भन्ने बारेमा सोच्न जरुरी रहेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘प्रविधिको ज्ञान भएका मानिसहरुलाई पैसा धेरै दिएर भएपनि लिनुपर्छ । सरकारले त ह्याङ भयो भनेर हुँदैन । गृहमन्त्रालयले अपराधी भनेर समात्न सक्दैन, तर कसरी कारबाही गर्ने ? ऐन नै नभएपछि कसरी कारबाही गर्ने, पोलिसी अन्तर्गतका कुराहरु के गर्ने ? कसरी जाँदा ठिक हुन्छ । विज्ञहरुले जवाफ दिनुपर्छ ।’ 

बैठकमा नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद पौडेलले साइबर सेक्युरिटी फ्रेमवर्कको वर्तमान अवस्था के छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले साइबरको क्षमता कम रहेको गुनासो आइरहेकाले अब सुरक्षित र भरपर्दो बनाइ बिस्तार गर्न आवश्यक रहेको बताउनु भयो । सरकारलाई आवश्यक हो भने महंगो रकम तिरेर भएपनि साइबर विज्ञहरु राख्नुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘साइबर सेक्युरिटी फ्रेमवर्कको वर्तमान अवस्था के छ ? यसलाई बढी चुस्त, दुरुस्त परिणाममुखी बनाउन के गर्न सकिन्छ ? डेटा सेन्टर सञ्चालन गर्ने पोलिसी सरकारको कस्तो छ ? त्यसलाई कसरी कार्यान्वयन गर्न सकिन्छ । साइबरको क्षमता कम भएर हो की, के हो ? सुरक्षित र भरपर्दो बनाउन कसरी अघि बढ्ने ? सरकारको आवश्यक्ता हो भने पैसासँग कम्पायर गर्नु हुँदैन । नागरिक सेवा केन्द्रहरुलाई प्रभावकारी बनाउनुपर्छ ।’

बैठकमा नेपाली काँग्रेसका सांसद रमेशजंग रायमाझीले सेटिङ गरेरै सरकारी वेबसाइटहरु ह्याक गर्ने गरेको बताउनु भयो । उहाँले गाडीको एम्बोस्ड नम्बरमा नेपाली अक्षर नराखेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । 
उहाँले भन्नुभयो, ‘हामी भन्छौँ तर काम गर्दैनौँ । एयरपोर्ट मात्रै होइन पासपोर्टका पनि ४ दिन बन्द भयो । कति घण्टा खोल्नुपर्छ खोल्यो कोसँग मिल्नुपर्ने मिल्यो, साइबरले खोल्दा खुल्ने हामीले खोल्दा नखुल्ने ? किन । कस्तो सेटिङ हो । सबै सेटिङमा भइरहेको छ । गाडीको एम्बोस्ड नम्बर बनायौँ ? नेपालीमा लेख्न नसक्ने ? नेपाली अक्षर छापिँदैन ?’

त्यस्तै दिगो विकास तथ सुशासन समितिका सभापति प्रकाश पन्थले एउटा व्यक्तिलाई एउटा मात्रै सिम दिने व्यवस्था गरे अपराधमा केही कम हुनसक्ने बताउनु भयो । उहाँले नेपालमा र विदेशमा बसेर साइब अपराध गर्नेहरुलाई के कस्ता कारबाही गर्ने प्रावधान छ ? भन्दै प्रश्न गर्नुभयो । 
उहाँले भन्नुभयो, ‘एउटा व्यक्तिको एउटा इमेलमा एउटा व्यक्तिको एउटा सिम हुने बित्तिकै धेरै अपराध कम हुन्छ । साइबर अपराधहरु जतिपनि छन्, यिनीहरु नेपालमै बसेर गर्ने त कारबाही हुन्छ होला तर बाहिर बसेर आक्रमण गर्नेलाई कसरी अुनसन्धान गर्ने ? भित्र बसेर अपराध गर्नेलाई कसरी कारबाही गर्ने ? सरकारी वेबसाइट एउटै फम्र्याटमा आउने भन्ने छ तर चाँडो होस् । सरकारी वेबसाइट एकै किसिमका बनाउनुपर्छ ।’

समिति सभापति पन्थले सरकारी वेबसाइट एउटै शैलीमा बनाउनुपर्नेमा जोड दिनुभयो । 


काठमाडौं

शनिबार, जेष्ठ ५, २०८१

३१.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन