fbpx

‘राहत पनि समानुपातिक तरिकाले वितरण होस्, म यो सरकारलाई आह्वान गर्न चाहन्छु’:-सांसद उदयबहादुर बोहरा

author

समाचारपाटी

१ year अगाडि

सत्तारुढ नेकपा (एकीकृत समाजवादी) सांसद उदयबहादुर बोहराले पश्चिम नेपालको भूकम्प पीडितहरुको राहत व्यवस्थापन कार्यमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।


सांसद बोहराले भूकम्प पीडितहरु चिसोले कठ्यांग्रिएर निमोनियालगायतका रोगहरुले समेत ग्रस्त भएकाले उनीहरुलाई आवश्यक राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको हो । आईतबार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले त्यहाँको राहत वितरण कार्य समानुपातिक रुपमा गर्न पनि सरकारलाई सचेत गराउनु भयो । पीडितले राहत वितरणमा भेदभाव भएको गुनासो गरिरहेकाले सरकारले आवश्यकताको आधारमा सबै ठाउँको आवश्यक राहतको व्यवस्था गर्नुपर्ने सांसद बोहराको भनाई थियो । 
उहाँले भन्नुभयो, ‘भूकम्पले पश्चिमका केही जिल्लाहरुमा ठूलो धनजनको क्षति भयो । त्यसको लागि दुःख व्यक्त गर्न चाहन्छु । र अहिले पनि भूकम्पबाट जो प्रताडित वृद्धवृद्धाहरु, गर्भवती महिलाहरु, ससाना बालबालिकाहरु, पढने विद्यार्थीहरु अहिले पनि त्यहाँ राहत पुग्न सकेको छैन । यो हिउँदको कठ्यांग्रिएको जाडोले, यो चिसोले गर्दा त्यहाँका अधिकांश मानिसहरु नियोनिया लगायतका रोगहरुसँग लडिराखेका छन् । ग्रस्त भइराखेका छन । त्यो भएको हुनाले म सम्माननीय अध्यक्षज्युमार्फत नेपाल सरकारको त्यतातिर ध्यान जाओस् । र जुन पुगेको राहत हो, त्यो राहत पनि समानुपातिक तौरतरिकाबाट वितरण भएन भन्ने गुनासो आइराखेको छ । त्यो राहत पनि समानुपातिक तरिकाले वितरण होस् । म यो सरकारलाई आह्वान गर्न चाहन्छु । ’
सांसद बोहराले भूकम्पबाट जो प्रताडित बुद्धबृद्धाहरु, गर्भवती महिलाहरु, ससाना बालबालिकाहरुका लागि राहतको उचित व्यवस्था गर्न सरकारले ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनु भयो ।

–न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, चैत्र ६, २०८१

२१.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘मृत भइसकेको राजतन्त्र अब फर्किंदैन’:-डा. बाबुराम भट्टराई

त्रिवि क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी कायम राख्न अदालतको आदेश

‘राजा महाराजालाई जनताले इतिहासको विषय बनाइसके’

विश्वविद्यालय क्याम्पसको ताला खोल्न नेविसंघ सहमत भएपछि निर्वाचन हुने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...