fbpx

देशका समस्याहरुको समाधान गर्नु सबै दलहरुको साझा दायित्व होः ठाकुर प्रसाद गैरे

author

समाचारपाटी

१ year अगाडि

नेकपा(एमाले)का सांसद ठाकुरप्रसाद गैरेले देशमा देखिएका समस्याहरुको समाधान गर्नु सबै राजनीतिक दलहरुको साझा दायित्व भएको बताउनुभएको छ । 

बिहीवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद गैरेले देशमा अविकास, बेरोजगारी, तस्करी, कमिसनतन्त्र र भ्रष्टाचारको समस्या रहेको भन्दै सबै समस्याहरु साझा समस्या भएका बताउनु भयो । उहाँले ति समस्याहरुको समाधान गर्नु संसदमा भएका सबै राजनीतिक दलहरुको साझा दायित्व भएको बताउनु भयो । समस्या समाधानका लागि सरकारको विशेष पहलकदमी, भुमिका र नेतृत्व भने आवश्यक पर्ने भन्दै उहाँले सरकार त्यस दिशामा अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले सत्तापक्ष हुँदा कुनै समस्याहरुमा चासो नदेखाउने तर प्रतिपक्ष हुनासाथ क्रान्तिकारी बन्ने प्रवृत्ति त्याग्नुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो – ‘म के विश्वास राख्छु भने आगामी दिनमा नेपालका कम्युनिस्ट पार्टीहरुका बीचमा सहकार्यलाई अझ मजबुत बनाउँदै एकताको तहसम्म विकसित हुने र सबै देशभक्त, लोकतन्त्रवादी शक्तिहरुका बिचमा विकास निर्माणका प्रश्नमा सहकार्यको आचरणको दिशामा हामी अगाडी बढ्नेछौँ । सरकारमा बसेको बेला, सत्तापक्षको बेञ्चमा बसेको बेला देशमा जतिसुकै समस्या परुन् । विकास नहोस् । भ्रष्टाचार होस् । बेथिति बढुन् । कानमा तेल हालेर बस्ने । त्यसमा कुनै चासो नराख्ने । तर प्रतिपक्षको बेञ्चमा पुग्नासाथ भयंकर क्रान्तिकारी बन्ने प्रवृत्ति हामीले त्याग्नुपर्दछ । म सबैलाई अपील गर्न चाहान्छु, आज देशमा भएका जतिपनि समस्या छन्, ति हाम्रा साझा समस्याहरु हुन् । अविकास, बेरोजगारी, तस्करी, कमिशनतन्त्र, भ्रष्टाचार यो कुनै दल विशेषका वा व्यक्ति विशेषका कुरा होइनन् । हाम्राे देशका साझा समस्या हुन् । ति समस्याहरुलाई समाधान गर्ने यो संसदमा प्रतिनिधित्व गर्ने सबै सांसदहरुको, सबै दलहरुको र हामी सबैको साझा दायित्व हो । सरकारको विशेष पहलकदमी, भुमिका र नेतृत्व आवश्यक पर्छ । सरकार त्यस दिशामा अगाडी बढ्नेछ भन्ने विश्वास व्यक्त गर्दछु ।’उहाँले आगामी दिनमा कम्युनिस्ट पार्टीहरुका बिचमा सहकार्य मजबुत हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, चैत्र ७, २०८१

२३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

मेची बहुमुखी क्याम्पसमा नेविसंघ विजयी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन