fbpx

काँग्रेसले नयाँ सत्ता समिकरणलाई स्वभाविक रुपमा लिनुपर्छः सांसद सुरेशआलेमगर

author

समाचारपाटी

९ महिना अगाडि

सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का सांसद सुरेश आलेमगरले नेपाली काँग्रेसले नयाँ सत्ता समिकरणलाई स्वभाविक रुपमा लिनुपर्ने बताउनुभएको छ । 


प्रधानमन्त्री पुष्पकमल दाहालले काँग्रेसलाई धोका दिएको नेपाली काँग्रेसका नेताहरुले प्रतिक्रिया दिइरहेका बेला माओवादी केन्द्रका सांसद आलेमगरले नयाँ सत्ता समिकरणलाई स्वभाविक र सामान्य प्रक्रियामा रुपमा लिन सुझाव दिनुभएको हो । आईतवार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद उहाँले केही मान्छेहरुले नयाँ सत्तासमिकरणप्रति तितो ओकलेको भन्दै त्यसलाई स्वभाविक प्रक्रियाको रुपमा बुझनुपर्ने बताउनु भयो । सांसद आलेमगरले काँग्रेसप्रति लक्षित गर्दै आफूसँग हुँदा इमानी र नहुँदा बेइमानी भन्न नमिल्ने तर्क समेत गर्नुभयो । उहाँले सहयात्रा सधैंसँगै नहुने कुरालाई आत्मसात गर्न पनि काँग्रेस नेताहरुलाई आग्रह गर्नुभयो । 
सांसद आलेमगरले भन्नुभयो, ‘नयाँ समिकरण, नयाँ गठबन्धन बनेको छ । यसलाई गठबन्धन भन्दा पनि नयाँ सहकार्य, नयाँ सहयात्रा भन्दा ठिक होला । यतिबेला यो सभामा पनि केही दृष्यहरु फेरिएका छन् । यी स्वभाविक प्रक्रिया हुन् । हुनत यो विषयलाई लिएर केही मान्छेहरुले तितोपिरो अभिव्यक्त गरेको पनि पाईयो । तर मलाई के लाग्दछ भने राजनीतिक एउटा निरन्तर चलिरहने कुरा हो । यो यात्रामा कतिपय यात्रीहरुसँगसँगै यात्रामा हुन्छन् । कतिपय बीचमै छोडेर जान्छन । कतिपयलाई बीचैमा छोड्नुपर्ने हुन्छ । कतिपय बीचमा यात्रामा जोडिन्छन् । तर यो यात्रा निरन्तर जारी रहन्छ । किनकी गन्तव्य लक्ष्य एउटै छ । यसलाई स्वभाविक र समान्य लिनुपर्ने हुन्छ । बुझ्नुपर्ने हुन्छ । त्यसो गर्दा राम्रो हुन्छ । यहाँ इमान, बेइमानी र धोकाका कुराहरु पनि सुनियो । यस्ता यस्ता शब्दहरुको सन्दर्भमा मलाई के लाग्दछ भने आफूसँग हुँदाखेरी बडो इमान्दार, नहुँदा बेइमान त्यस्तो सायद हुँदैन होला । राजनीतिमा यसलाई स्वभाविक रुपमा लिनुपर्ने हुन्छ जस्तो मलाई लाग्दछ । आजको सहयात्री भोली पनि फेरि सहयात्री बन्न सक्दछ । आजको सहयात्री भोलि सहयात्री नबन्न पनि सक्दछ । यसलाई यही रुपमा लिँदा ठिक हुन्छ जस्तो मलाई लाग्दछ ।’सांसद आलेमगरले आजको सहयात्री राजनीतिक दलहरु भोली नहुन पनि सक्ने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बुधबार, मंसिर १९, २०८१

१७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन