fbpx

‘लोकप्रियतावादीहरु र अतिवादीहरु अहिले नेपाली काँग्रेसका मुख्य चुनौति हुन्’:-सुनिलकुमार शर्मा

author

समाचारपाटी

१ year अगाडि


नेपाली काँग्रेसका सांसद सुनिलकुमार शर्माले आफ्नो पार्टी नेतृत्वको सरकार निर्माण गर्ने काममा विलम्व गर्न नहुने बताउनुभएको छ । 


पार्टीको फागुन ७ गतेदेखि शुरु हुने महासमिति बैठकका आफूले छुट्टै पेश गर्ने प्रश्ताव शनिवार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै उहाँले सो कुरा बताउनुभएको हो । वर्तमान अप्राकृतिक गठबन्धनका कारण नेपाली काँग्रेस जनताप्रतिको जिम्मेवारीबाट विमुख भएको प्रश्न उठिरहेको दाबी गर्दै सांसद शर्माले पार्टीको रुपान्तरण र आफू नेतृत्वको जनमुखि सरकार निर्माण गरी जनताको भरोसायोग्य पार्टी निर्माण गर्नुपर्ने आफ्नो प्रश्ताव रहेको पनि स्पष्ट पार्नुभयो । भ्रष्टाचार र कुशासनले थिलोथिलो भएको राज्य संयन्त्र र सीमित व्यक्तिको कब्जामा रहने पार्टी प्रणाली र सरकार निर्माणको ढाँचा र मुलुकको वर्तमानका यावत समस्याका सम्बन्धमा नेपाली काँग्रेस कानमा तेल हालेर बस्न नमिल्ने उहाँको भनाई थियो । सांसद शर्माले लोकप्रियतावादीहरु र अतिवादीहरु नेपाली काँग्रेसका मुख्य चुनौति रहेको भन्दै जनप्रिय, जनताको भरोसायोग्य पार्टी बनाउने र आफ्नो नेतृत्वको जनमुखि सरकार निर्माण गर्ने कुरामा विलम्व गर्न नहुने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘भ्रष्टाचार र कुशासनले थिलोथिलो भएको राज्य संयन्त्र र सीमित व्यक्तिको कब्जामा रहने पार्टी प्रणाली र सरकार निर्माणको ढाँचा र मुलुकको वर्तमानका यावत समस्याका सम्बन्धमा नेपाली काँग्रेस कानमा तेल हालेर बस्न मिल्दैन । काँग्रेस आफ्नो नीतिमा प्रष्ट हुन जरुरी छ । काँग्रेसले आफू नीतिमा प्रष्ट हुनुपर्छ । र आफू सम्मिलित सरकारलाई सुशासन, डेलिभरीसहित जनमुखि बनाउनु पर्छ । नसके काँग्रेसका लागि आउने दिनहरु कठिन छन् । लोकप्रियतावादीहरु र अतिवादीहरु अहिले नेपाली काँग्रेसका मुख्य चुनौति हुन् । काँग्रेसले जनप्रिय, जनताको भरोसायोग्य पार्टी बनाउने र आफ्नो नेतृत्वको जनमुखि सरकार निर्माण गर्ने कुरामा विलम्व गर्नुहुँदैन । अप्राकृतिक गठबन्धनका कारण नेपाली काँग्रेस अहिले जनताप्रतिको जिम्मेवारीबाट विमुख भइराखेको भनेर जनताले प्रश्न उठाइराखेका छन । मैले नेपाली काँग्रेसका रुपान्तरण र काँग्रेसको नेतृत्वमा जनमुखि र जनताप्रति उत्तरदायी निर्माण गरी जनताको भरोसायोग्य पार्टी निर्माणका लागि महासमिति बैठकका लागि प्रश्ताव ल्याएको छु ।’

सांसद शर्माले वर्तमान गठबन्धनको अन्त्य गरी सरकार निर्माणको ढाँचा बदल्ने कुरामा काँग्रेसले बेवास्ता गर्न नमिल्ने जिकिर पनि गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, चैत्र ७, २०८१

२३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

मेची बहुमुखी क्याम्पसमा नेविसंघ विजयी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन