fbpx

‘सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता जानुपर्छ’: सांसद सुमना श्रेष्ठ

author

समाचारपाटी

१ महिना अगाडि

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जालसम्बन्धी विधेयक यही अवस्थामा पास हुन दिन नुहने बताउनुभएको छ ।

बिहीवार संसद भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सामाजिक सञ्जालसम्बन्धी विधेयकमार्फत स्वतन्त्र पत्रकारिता र जनताको सुसूचति हुन पाउने अधिकारमाथि बन्देज लगाउन खोजेको बताउनु भयो । उहाँले नयाँ सांसदहरुको मुख नै बन्द गर्नेगरी सरकारले पेलेर विधेयक पास गर्ने मनशाय बनाएको उल्लेख गर्दै त्यसो गर्न नदिने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘दलहरुका लागि जताततै भ्रातृ संघहरुको विगविगी छ । तर सामाजिक सञ्जालले आम नागरिकलाई आफ्नो धारणा राख्नको लागि अवसर दिएको छ । वेतिथि भइरहेका ठाउँहरु देखाउनका लागि पनि सामाजिक सञ्जालले सहयोग गरेको छ । त्यो पावर जनतामा गएपछि जनता सुसूचित हुन्छ भनेर सरकारले सामाजिक सञ्जाल विधेयकको माध्यमबाट अख्तियारी लिन खोजेको देखिन्छ । स्वतन्त्र पत्रकारितामा पनि बन्देज गर्न खोजे जस्तो लाग्छ । अनि हामी नयाँ आएका सांसदहरुको मुखमा बुझो लाउन खोजिएको छ । यो विधेयक संघीय संसदको राष्ट्रिय सभामा दर्ता भएको विधेयक जुन तरिकाले आएको छ सरकारले त्यही तरिकाले पेलेर लान्छ । त्यसकारण यो सामाजिक सञ्जाल विधेयकका सन्दर्भमा सरकारले बोलेको अर्कै छ गरेको अर्कैतिर छ । सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता जानुपर्छ । यसमा कस्ता कुराहरु राख्ने, यसका नियम र नीतिहरु कस्ता हुन्छन् भनेर कन्टेन्ट क्रियटरहरुसँग छलफल गरेर मात्र अघि बढ्नुर्छ ।’

उक्त विधेयक अगाडि बढाउनुभन्दा अगाडि कन्टेन्ट क्रियटरहरुसँग आवश्यक छलफल गरेर मात्र विधेयक अगाडि बढाउन सरकारलाई आग्रह समेत गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, चैत्र ७, २०८१

२३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

मेची बहुमुखी क्याम्पसमा नेविसंघ विजयी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन