fbpx

प्रतिनिधि सभा बैठकमा सर्लाहीमा अन्तरजातीय विवाह घटनाबारे गृहमन्त्रीको जवाफ माग

author

समाचारपाटी

२ महिना अगाडि

नेपाली काँग्रेसकी सांसद शान्ति विकले सर्लाहीमा अन्तरजातीय विवाह गर्ने जोडिमाथिको घटनाबारे गृहमन्त्री रमेश लेखकको जवाफ माग गर्नुभएको छ ।


बिहीवारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै उहाँले सत्येन्द्रराम चमार र नेहा रौनियारविरुद्ध भएको भनिएको सरकारी व्यवहारबारे सरकारको जवाफ माग गर्नुभएको हो । उहाँले सत्येन्द्र र नेहको घटनाबारे आफ्नो ध्यानाकर्षण भएको भन्दै त्यसबारेमा सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले गृहमन्त्री लेखकको विषयमा जोडिएर आएको समाचारप्रति गम्भीर रहेको र वैवाहिक सम्बन्ध र जातिय कुरालाई लिएर गृहमन्त्रीले ठाडो निर्देशन दिने कुराको विश्वास नलागेको बताउनु भयो । भ्रामक समाचार फैल्याएर चरित्रहत्या गर्न खोजिएको बताउनु भयो । सत्येन्द्र र नेहामाथिको बर्बरता ६० लाख दलित समुदायमाथिको चोट भएको बताउनु भयो । अन्तरजातीय विवाह गर्ने जोडिमाथि बर्बरता गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउन आग्रह गर्नुभयो । 


सभाको बैठकमा बोल्दै नेकपा एमाले सांसद हर्कमाया विश्वकर्माले पनि सत्येन्द्रराम र नेहामाथि राज्यले गरेको व्यवहारको भत्र्सना गर्नुभयो । उहाँले उनीहरुलाई न्याय दिन माग गर्नुभयो । उहाँले यस घटनाले जातीय विभेद मात्र नभइ यसलाई संरक्षण गरेर सरकारले पीडितलाई अन्याय गरेको उल्लेख गर्नुभयो । उहाँले विवाह दर्तासमेत गरिसकेका जोडीको सम्बन्ध तोड्न राज्यशक्तिको दुरुपयोग गरेर जबरजस्ती छुट्याउन खोज्नु उनीहरुको मानव अधिकार हनन हुनु रहेको बताउनु भयो । यसले नेपालको कुल जनसंख्याको १४ प्रतिशत जनसंख्यामाथि घोर अपमान भएको बताउनु भयो । 


बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद रणेन्द्र बरालीले पनि सत्येन्द्रराम र नेहामाथि गृहमन्त्रीको आदेशमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले अपराध अनुसन्धान कार्याल्यका प्रमुख एसएसपी सानुराम भट्टराईमार्फत उक्त जोडीलाई पक्राउ पूर्जी जारी गरेको आरोप लगाउनु भयो । गितेन्द्रबहादुर (जिवी)राई जस्ता मान्छेलाई पक्रन नसकेको भन्दै सरकारको आलोचना समेत गर्नुभयो । उहाँले निरीह दम्पतीलाई पक्रिएर सरकारले बहादुरी देखाएको उहाँको टिप्पणी थियो । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले राज्यमा सबै नागरिकको उत्तिकै अस्तित्व र आत्मसम्मान रहेको बताउनु भयो । उहाँले आफूलाई सरकार हात्तीको दाँत जस्तै लागेको भन्दै देखाउने र चपाउने अर्को अर्को भएको महशुस गरेको बताउनु भयो । उहाँले सरकारले अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने नीति लिएको भएपनि व्यवहार अर्को भएको बताउनु भयो । विवाह दर्ता भइसकेको सम्बन्धलाई जबरजस्ती तोड्न गृहमन्त्रीकै निर्देशनमा राज्यशक्ति लागेको भन्दै आपत्ति जनाउनु भयो । 


राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद अनिषा नेपालीले अन्तरजातीय विवाहसम्बन्धी सर्लाही घटनामा गृहमन्त्री र प्रहरी महानिरीक्षककै संलग्नता रहेको समाचार आइरहेको भन्दै आपत्ति जनाउनु भयो । उमेर पुगेका युवा युवतीहरुले मन मिलेपछि स्वतन्त्रतापूर्वक विवाह गर्न पाउने अधिकार रहेको बताउनु भयो । उनीहरको सम्बन्ध तोड्न राज्य शक्ति नै लाग्नुपर्ने किन ? भन्दै प्रश्न गर्नुभयो । 


उहाँले सरकारको सिंहासन र बर्दीको दुरुपयोग गरिएको बताउनु भयो । बैठकमा आकस्मिक समयमा बोल्ने सांसदहरुले अन्तरजातीय विवाह भइसकेको र वैध ठहरिसकेको जोडीलाई सरकारले अमानवीय व्यवहार गरेको भन्दै आपत्ति जनाउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

सोमवार, चैत्र १०, २०८१

२४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन