राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले नेपाली काँग्रेसका सांसदहरुको उपस्थिति संसदमा कम रहेको भन्दै आपत्ति जनाउनुभएको छ ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले काँग्रेस सांसदहरु संसदमा कम रहेको बताउनु भयो । उहाँले काँग्रेस सांसदहरु आज गभर्नर खोज्न हो की प्रधानमन्त्री खोज्न जानुभएको प्रश्न गर्नुभयो । ठूलो पार्टी भइसकेपछि संसदमा पनि ठूलै उपस्थिति हुनु जरुरी रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘आज त नेपाली काँग्रेसका माननीयज्युहरु त सात, आठ जनादेखि बढ्ता त देखिँदैन नि । उहाँहरु कता जानुभयो ? गभर्नर खोज्न जानुभयो की प्रधानमन्त्री खोज्न जानुभयो ? तपाईंहरु एकदमै कम संख्यामा हुनुहुन्छ, ठूलो पार्टी भएको भएर मलाई त शंका लागेको छ ।’ संसदमा ८ जना भन्दा बढी काँग्रेसका सांसद नदेखिएको उहाँको आरोप छ ।
—न्युज एजेन्सी नेपाल