fbpx

थ्रि हन्ड्रेड जी जहाज किन्ने कुरामा १८ करोड कमिसनको कुरा छः रामहरि खतिवडा

author

समाचारपाटी

१0 महिना अगाडि

नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सस्तो लोकप्रियताका लागि काम गरिरहेको बताउनुभएको छ । 

आईतवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले थ्रि हन्ड्रेड जी जहाज किनेर १८ करोड रुपैयाँ कमिसन खाने काममा लागेको बताउनु भयो । उहाँले पर्यटनमन्त्रीले नेपाल एयरलाइन्सलाई के गर्न खोज्नुभएको हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले जहाज किन्न नसक्ने अवस्था रहेको बेलामा जहाज किन्नु कति जायज हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले उत्पादन नै बन्द भइसकेका जहाज ल्याएर नेपाल एयरलाइन्सलाई कहाँ पु¥याउन खोजिएको भन्ने बारेमा सरकारले गम्भीर ध्यान दिन आवश्यक रहेको बताउनु भयो । आफ्नो मन्त्रालयको कार्यकक्ष सफा गर्न क्यामेरा लिएर जाने र भिडियो हालिदिएपछि सबैभन्दा क्रान्तिकारी र राम्रो मन्त्री हुने हो भने देश विकास कसरी हुनसक्छ ? भन्दै प्रश्न गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘पर्यटनमन्त्री नयाँ जहाज किन्नुपर्यो भनेर हिँडिरहनुभएको छ । अब नेपाल एयरलाइन्सलाई कहाँ पुर्याउने हो ? कुन अवस्थामा लैजाने हो ? यो बारेमा सोच्नुपर्ने अवस्था आएको छ । ट्विनअटर क्यानडाबाट दुई तीन वटा किन्ने अहिले निर्णय भएको छ । झन्डै त्यो आफ्नै समितिले नेपाल एयरलाइन्सको नेपाल वायुसेवा निगमको आफ्नै समितिले ल्याउनसक्ने अवस्था छैन, ती जहाजहरु उत्पादन हुन छोडिसकेका छन्, भन्दा टेण्डर एक महिनाअघि लागू गरिएको छ । रिपोर्ट अनक्वालिफाइड भनिसकेको छ । जुन जहाजहरु अहिले उत्पादनमा छैनन्, थ्रि हन्ड्रेड जी भन्ने जहाज ल्याइँदैछ, जुन अहिले प्रोडक्शनमा छैन । त्यसमा झन्डै १८ करोड नेपाली पैसा कमिसन खाने खेलमा लागिएको छ । तै पनि मन्त्रीज्यु असाध्यै सुधार गर्न लागेको आश्वासन दिँदै हिँड्नुभएको छ । एउटा झाडु र क्यामेरा लिएर मन्त्रालयमा प्रवेशन गर्ने र फोटो खिचेर प्रवेश गर्ने पद्धतिको विकास भएको छ । यसरी मुलुक कहाँ जाने हो सभामुख महोदय । सस्तो लोकप्रियताका लागि आफ्नो मन्त्रालयको कार्यकक्ष सफा गर्न टिभि लिएर जाने र त्यो भिडियो हालिदिएपछि सबैभन्दा क्रान्तिकारी र राम्रो मन्त्री हुने हो भने मुलुक कसरी विकास हुन्छ ।’ 
सांसद खतिवडाले सरकारले सुशासनको नाममा लार्के लामा जस्ता व्यक्तिलाई लुम्बिनी विकास कोषमा नियुक्ति गरेको बताउनु भयो । उहाँले शान्तिका दुतको क्षेत्रमा लक्करमा गोली राख्ने मानिसहरुलाई नियुक्ति गर्नु लज्जाजनक रहेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बुधबार, मंसिर २६, २०८१

११.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक