‘सरकार जनताप्रति जवाफदेही भएन’:-रमेशजंग रायमाझी

author

समाचारपाटी

१ year अगाडि

नेपाली काँग्रेसबाट राष्ट्रिय सभाका सांसद रमेशजंग रायमाझीले सरकारले जनताप्रति जवाफदेही बन्न नसकेको आरोप लगाउनुभएको छ । 

सोमवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्वाचित भइसकेपछि जनतातिर फर्किन नसकेको बताउनु भयो । उहाँले सरकारले एउटा कानले सुन्ने र अर्को कानले उडाउने मात्रै काम गरिहरेको बताउनु भयो । उहाँले सरकारले गरेका निर्णय ६ महिनापछि उल्टिरहेको बताउनु भयो । उहाँले संसद सांसदले बोल्नै मात्रै थलो हो की बोलेका कुरा सरकारले चासो दिएर सुन्नुपर्छ भन्दै प्रश्न गर्नुभयो । उहाँले राष्ट्रिय सभाबाट उत्पत्ति भएको राष्ट्रिय मर्यादासम्बन्धी विधेयक प्रतिनिधि सभाबाट तुहिने अवस्थामा पुगेको बताउनु भयो । उहाँले प्रतिनिधि सभाले राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको विधेयक तुहाउने काम गर्ने हो भने संघीय संसदको गरिमा के हुन्छ ? भन्दै प्रश्न गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘राष्ट्रिय सभाबाट उत्पत्ति भएको एउटा विधेयक जुन मर्यादा विधेयक यहाँबाट सर्वसम्मत हुँदै प्रतिनिधि सभामा गएको छ । त्यो प्रतिनिधि सभाबाट फर्किएर आउने हो की होइन ? प्रतिनिधि सभाले त्यसलाई टेबुल त गरेको छ । तर प्रतिनिधि सभामा मन्त्रीहरुको अभिव्यक्ति सुन्दा मन्त्रीहरुसँग भेट्दा त्यो विधेयक बनाउँदै गर्दा र सरोकारवाला मन्त्रीसँग भेट्दा विधेयकको बारेमा छलफल गर्दा र हामी सर्वदलीय रुपमा भेट्दा यो विधेयक गृह मन्त्रालयको हक अधिकार भित्र पर्दछ भन्नेकुरा आयो । राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको सभामुखलाई माथि राखेर प्रधानन्यायाधीशलाई तल राखेको विषयमा एउटा ठूलो भूकम्प नै गएको थियो । त्यो विधेयक यहाँबाट सर्वसम्मत रुपमा गएको छ । राष्ट्रिय सभाबाट गएको विधेयक प्रतिनिधि सभाले तुहाउने काम गर्यो भने संघीय संसदको गरिमा के हुन्छ ? गीतमा एउटा श्लोक छ, कर्म गर्नु, फलको आशा नगर्नु । आज नेपाली जनताले त्यही कुरा आशा गर्नुपर्ने हो ? कर्म गरे, आफ्नो निर्वाचन क्षेत्रमा मत हाले, जिताए तर जनताले आशा गर्ने काम गर्ने हो की होइन । निर्वाचित भइसकेपछि जनतातिर फर्किनै सकेका छैनौँ । जनताले चाहेको कुरा खोजिरहेका छौँ की छैनौँ । सरकारले एउटा कानले सुन्ने र अर्को कानले उडाउने मात्रै काम गर्ने भए के हुन्छ । मिटरब्याजी पीडित आएका छन् । सरकारले कति रह्यो निर्णय र कानूनको काम । सरकारले गरेका निर्णय ६ महिनापछि उल्टिरहेको छ । सांसदले उठाउने मात्रै थलो हो यो । कार्यान्वयन गर्नुपर्छ की पर्दैन ?’उहाँले सांसदहरुले संसदमा उठाएका कुराहरु सरकारले कार्यान्वयन गर्नुपर्ने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल  


काठमाडौं

शुक्रबार, जेष्ठ ३१, २०८२

२१.४४°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रिटर्नीहरूलाई राज्यले आवश्यक सम्मान र सहयोग गर्न सकेनः पुष्पकमल...

प्रतिपक्षीहरुको कारण अवरुद्ध संसद उनीहरुकै कारण सुचारु हुन्छः महेश...

समाजवाद घोषणा गर्ने बेला भयो, अब ढिला गर्नुहुँदैनः वामदेव...

स्टेडियमसहितको क्रिकेट मैदान निर्माणसँगै नेपालको क्रिकेटलाई माथिल्लो स्तरमा उठाउँछः...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

देउडा फ्युजनकी रानी लक्ष्मीले प्रतापसँग गाइन् ‘नौली हदेली’ लक्ष्मी...