‘भारतसँगको सीमानामा कडाई गर्नुपर्छ’:- सांसद रघुजी पन्त

author

समाचारपाटी

१ year अगाडि

नेकपा एमालेका सांसद रघुजी पन्तले भारतसँगको सीमानामा कडाई गर्नुपर्ने बताउनुभएको छ । आईतवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल जो आएर बसेपनि हुने देश बनेको बताउनु भयो । उहाँले नेपालमा जो आएर जे गरेपनि हुने हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले नेपालमा रोहिंग्या शरणार्थीको संख्या तीन हजार नाघिसकेको भन्दै यसको कारण भारतसँगको खुला सीमाना भएको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘नेपाल जो आएर बसे पनि हुने देश भयो । पनौतिमा जानुस् । दुई, तीन वर्ष अघिदेखि हाम्रा दैनिक अखबारहरुले सम्पूर्ण रिपोर्ट गरेका छन् । रोहिंग्या शरणार्थीलाई गिरोहले ल्याउँछ । पनौतीमा बस्छन्, दुई तीन पुस्ता हुन थाले । न्युरोड क्षेत्रमा जानुस्, तोस्रो लिंगीहरु बाटोमा खुट्टा समातेर झोला खोल्न लगाएर बलजफ्ती पैसा असुली रहेका हुन्छन् । नेपालमा जो आएर जे गरेपनि हुने हो ? हामीले भारतसँगको बोर्डरलाई दुई स्वतन्त्र देश हुन् भनेर व्यवस्थित बनाउन जरुरी छ । त्यसमा टाइट गर्नैपर्छ । आउने जानेको तथ्यांक राख्नुपर्छ । विमानस्थलसहित भुगोलको बोर्डर पनि कडाइ हुनुपर्छ । तीन चार हजार रोहिंग्याहरुको तथ्यांक नाघिसकेको छ ।’

सांसद पन्तले काठमाडौंमा तेस्रो लिङ्गीहरुले दिनदहाडै दुःख दिन थालेको भन्दै सरकारले आवश्यक चासो दिनुपर्ने बताउनु भयो । 


काठमाडौं

बिहिबार, साउन २, २०८२

२१.८९°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

नवराज सुवेदीको प्रतिक्रियाः अध्यक्ष लिङदेनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन