‘आफ्नो आफ्नो जिल्ला विकास नगर्ने हो भने देश कहिले विकास हुँदैन’ :- प्रेम सुवाल

author

समाचारपाटी

१ year अगाडि

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आफ्नो—आफ्नो जिल्ला विकास नगर्ने हो भने देश विकास हुन नसक्ने बताउनुभएको छ । 

बिहीवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्वाचनकै बेला जितेपछि काठमाडौं बस्छौँ, यहाँको विकासको आशा नगर्नु जनता भन्न सक्नुपर्ने बताउनु भयो । उहाँले जनतासँग इमान्दारिताकासाथ भनेर बस्दा फरक नपर्ने उहाँको कटाक्ष थियो । उहाँले अहिलेसम्म नेताहरुले गर्दै आएको काम यही भएको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘विधेयकको दफा २ को खण्ड (च) को उपखण्ड ५ मा नेपाल सरकारको ऋण वा अनुदानमा सञ्चालित संस्था भन्ने छ । सार्वजनिक निकाय भन्नाले जनताको शेयर भएको पनि सार्वजनिक निकाय हो । जनताको शेयर लगानी भएको निजी कम्पनी र संस्थान पनि सार्वजनिक निकायमा राख्नुपर्छ । जनतासँग शेयर उठाएपछि त हजारौँ हजार जनताको शेयर भएको कम्पनी कसरी सार्वजनिक होइन । निजी हुन सक्दैन । निजी भए शेयर नउठाउनु । आफ्नो आफ्नो जिल्ला विकास नगर्ने हो भने देश कहिले विकास हुँदैन । कि हामीले निर्वाचनमै बोल्नुपर्छ, हामी जितेपछि काठमाडौं बस्नलाई हो, यहाँको विकासको आशा नगर्नु जनता हो भन्नुपर्छ । इमान्दारिताकासाथ भनेर आएर बसे हुन्छ, जनतालाई धोका पो दिन मिल्दैन त । बोलेर आउनु त । तपाईहरुले बोलेकै यही हो गर्ने यही हो । जिल्लै स्वर्ग बनाइदिन्छु भन्ने, आएर काठमाडौंमा झ्याप्प बसिहाल्ने यो मिलेन ।’

सांसद सुवालले अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा २ को खण्ड (च) को उपखण्ड ५ मा सार्वजनिक संस्थालाई नेपाल सरकारको ऋण वा अनुदानमा सञ्चालित संस्था भनेर व्याख्या गरिएको भन्दै जनताको शेयर लगानी भएको निजी कम्पनी र संस्थान पनि सार्वजनिक निकायमा राख्नुपर्ने माग गर्नुभयो ।

न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, जेष्ठ ७, २०८२

१८.६६°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन