fbpx

प्रधानमन्त्रीलाई प्रेम आलेको प्रश्नः- नक्कली भूटानी शरणार्थीको फिल्म खै ?

author

समाचारपाटी

१२ महिना अगाडि

नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेमबहादुर आलेले नक्कली भूटानी शरणार्थीबारे प्रधानमन्त्रीले उल्लेख गर्नुभएको फिल्म कहिले लाग्ने हो ? भन्दै कटाक्ष गर्नुभएको छ । 

आईतवार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई किन पक्राउ गर्न नसकिएको भन्दै प्रश्न गर्नुभएको हो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भूटानी शरणार्थी प्रकरणमा फिल्म देखाउने भनेपनि अहिलेसम्म शुरु हुन नसकेको बताउनु भयो । उहाँले फिल्म कहिले लाग्ने हो भनेर प्रधानमन्त्रीलाई प्रश्न गर्नुपर्ने आवश्यकता देखिएको बताउनु भयो । उहाँले वाइडबडी प्रकरणलाई अघि बढाउन आवश्यक रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘हाम्रो राजन केसीले भन्नुभयो, वाइडबडीको कुरा हामीले अघि बढायौँ, त्यो केही पनि भएन, डेयडकेट लाइनको कुरा उठायौँ त्यो पनि केही भएन, १२ अर्ब तिर्न बाँकी थियो, त्यो पनि केही भएन, लेखा समितिले रातदिन मेहनत गर्ने तर त्यो बालुवामा पानी खन्याएजस्तै हुने, त्यसैले यो सरोकारवाला व्यक्तिलाई हामी बालाऔँ, अख्तियारको प्रमुखलाई पनि बोलाऔँ, बोलाएर छलफल गरौँ । हामी यहाँ मेहनत गरी उपसमिति बनाएर छलफल गर्छौं, तर पछि गएर टाउकेहरु मिलेर यसलाई १० दिनमा फाल्ने काम हुन्छ । हामीले १० दिनमा फाल्ने की यसलाई कार्यान्वयन गर्ने ? जनताले यही प्रश्न गरिरहेका छन् । चाहे त्यो भूटानी शरणार्थीको कुरा गरौँ, केही माछा त गए, प्रधानमन्त्रीज्युले फिल्म देखाउँछु भन्नुभयो, यो ट्रेलर भन्नुभयो, फिल्म नै शुरु भएको छैन, अहिलेसम्म । त्यो फिल्म कहिले लाग्ने हो भनेर सोध्नुपर्ने आवश्यकता मैले देख्दछु ।’

सांसद आलेले समितिका निर्देशनहरु कार्यान्वयन नहुने हो भने समितिको बैठक बसिरहनुको औचित्य नरहेको जिकिर गर्नुभयो ।  


काठमाडौं

मङ्लबार, असार १२, २०८१

२५.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

बजेट सन्तुलित, समन्यायिक र नतिजामूलक छ : प्रधानमन्त्री

प्रधानमन्त्रीलाई काँग्रेस सांसदको प्रश्न : सत्ता ठूलो की मुलुक...

‘काँग्रेस भित्रको फोहोर सफा गर्न आवश्यक छ’

‘सरकारी अस्पतालमा लामो समय कुर्नुपर्ने अवस्था हटाउन उच्चस्तरीय टोली...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अन्तरजातीय विवाहको कथामा फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन