fbpx

‘सूचना नदिकन आक्रमण गरे कब्जामा रहेकाको हत्या गर्ने धम्कीप्रति सरकारले के सोचेको छ’:- प्रकाशमान सिंह

author

समाचारपाटी

१२ महिना अगाडि

नेपाली काँग्रेसका सांसद प्रकाशमान सिंहले इजरायलले सर्वसाधारणलाई सूचना नदिकन आक्रमण गरे हमासले कब्जामा रहेकालाई हत्या गर्ने धम्की दिइरहेको भन्दै यसबारेमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

मंगलवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसद सिंहले सो बारेमा नेपाल सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले इजरायल घटना संवेदशील भएकाले सयम समयमा नेपाल सरकारले त्यहाँको स्थितिको बारेमा ध्यानाकर्षण गराउन आग्रह गर्नुभयो । उहाँले स्वदेश फर्किन चाहने नेपालीहरुलाई आवश्यक प्रवन्ध मिलाइ चाँडो भन्दा चाँडो ल्याउन आग्रह गर्नुभयो । उहाँले युद्ध अझै चर्किनसक्ने अनुमान रहेकाले नेपालीहरुलाई चाँडो स्वदेश फर्काउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘खास गरेर राष्ट्र नै शोकमा डुबेको बेलामा यो जुन असोज २० गतेको दिनको जुन आक्रमणबाट इजरायलमा रहेका नेपालीहरुको दुःखको समाचार सुन्नुपरेको छ । यो आकस्मिक रुपमा भएको कारणले गर्दा सरकारले सरकारको तर्फबाट अग्रसरता देखाउनुभएको छ, यो सरकारले गर्नुपर्ने कार्यहरु, यस्तो संकट पर्दा ति संरचना र निकायहरुलाई परिचालन गर्नुपर्नेदेखि लिएर सबै बसेर समन्वय गर्ने काम भइरहेको छ । इजरायलमा रहेका नेपालीहरुको अवस्थाको बारेमा जानकारी गराउनुभएको छ । युद्ध नै शुरु भइसकेको अवस्थामा सरकारको तर्फबाट मन्त्रीज्युले भनिसक्नुभएको छ । नेपाल नै फर्किन चाहनेहरुलाई पनि त्यहाँको दुतावासलाई अलर्टनेसलाई राखेर काकम गरिरहनुभएको छ । इजरायली सरकार र नेपालमा रहेका राजदुतसँग छलफल जुन गरिरहनुभएको छ । संवेदनशील भएको कारणले सयम समयमा जानकारी गराएको खण्डमा राम्रो हुन्छ । तेलेवी एयरपोर्ट अप्रेशनमा छ भन्नुभएको छ, त्यहाँबाट फर्किएर आउने नेपालीलाई चाँडो ल्याइयोस् । हमासले इजरायलले सर्वसाधारणलाई सूचना नदिकन आक्रमण गरे कब्जामा रहेकालाई हत्या गर्ने धम्की आइरहेको छ । यसमा सचेत हुनुपर्छ । यो विषयमा सरकारले के सोचिरहेको छ ?’नेता सिंहले इजरायलस्थित दुतावासलाई थप निर्देशन दिनुपर्ने बताउनु भयो ।  


काठमाडौं

सोमवार, अशोज २१, २०८१

२१.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन