fbpx

अर्थमन्त्रीलाई सांसद ज्वालाको सुझावः बजेट निर्माणमा सांसदहरुको भरोसा गर्नुस्

author

समाचारपाटी

१ year अगाडि

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले आगामी आर्थिक वर्षको बजेट निर्माणमा सांसदको भरोसा गर्न अर्थमन्त्री वर्षमान पुनलाई आग्रह गर्नुभएको छ । 

सांसद ज्वालाले विज्ञ भनेपनि, सल्लाहकार भनेपनि, अनुभवी व्यक्ति भनेपनि जनतासँग जोडिएको व्यक्ति सांसदहरु भएकाले उनीहरुलाई भरोसा गरेर सरकारले बजेट ल्याउनुपर्ने बताउनुभएको हो । बुधवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उहाँले योजना निर्माणमापनि सांसदहरुको सुझावलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । सांसद ज्वालाले सरकारले मुलुकको अर्थतन्त्रलाई माथि उठाउने र समृद्धिको चाहनालाई तीव्रता दिनेगरी बजेट ल्याउने अपेक्षा समेत गर्नुभयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ बजेट परम्परा तोडने खालको हुने भन्दै आउनुभएको उल्लेख गर्दै सोही अनुसार आउनेमा आफूहरु आशावादी रहेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘साँच्चीकै अर्थतन्त्रलाई उठाउने र मुलुकको समृद्धिलाई तीव्रता दिने गरी बजेट आउनुपर्छ भन्ने मेरो सुझाव छ । यही रोष्टममा उभिएर सम्माननीय प्रधानमन्त्रीज्यूले बजेट प्रणालीमा ठूलो चेन्ज ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । कुराले चिउरा भिज्दैन भन्ने नेपाली उखान छ । अव यस पटक बजेटले परम्परा तोडने छ । र, बजेटमा नयाँ ब्रेक थ्रू हुनेछ भन्ने कुरामा पनि विश्वास राख्न चाहन्छु । बजेट निर्माण प्रक्रियामा पनि समावेशी, जवाफदेही र पारदर्शी हुनुपर्छ । बजेट निर्माण प्रक्रिया एकदमै अपारदर्शी छ । एकदम लुकाएर बजेट बनाउने, मन्त्रीहरुले पनि बजेट थाहा नपाउने गरी बजेट बनाउने अवस्था अन्त्य हुनुपर्छ । अर्थमन्त्रीसँग मेरो विशेष अनुरोध छ–बजेट निर्माणमा सांसदहरुलाई भरोसा गर्नुहोस् । सबै भन्दा नजिकका विज्ञ भनेपनि, सल्लाहकार भनेपनि, अनुभवी व्यक्ति भनेपनि जनतासँग जोडिएको व्यक्ति भनेका सांसदहरु हुन । सांसदहरुलाई विश्वास गरेर यो बजेट निर्माण प्रक्रिया अलि बढी ध्यान दिनुहुनेछ । र योजना निर्माणमा पनि सांसदहरुलाई सुझावलाई सम्बोधन गर्नुहुनेछ भन्ने म सुझाव दिन चाहन्छु ।’सांसद ज्वालाले बजेट पारदर्शी ढंगले ल्याउन पनि सरकारलाई सचेत गराउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

१३.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...