कानून बनाउँदा जनतामा केन्द्रित हुनुपर्छः सांसद प्रकाश ज्वाला

author

समाचारपाटी

१ दिन अगाडि

नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले कानून बनाउँदा जनतामा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।आईतवार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सबै कुराको जग भनेको कानून रहेको भन्दै आधार बलियो बनाए मात्रै देश अघि बढ्नसक्ने उल्लेख गर्नुभयो । उहाँले जनताले बुझ्ने सरल भाषामा कानून लेख्नु राम्रो हुने बताउनु भयो । उहाँले सबैभन्दा सुरक्षित यातायातको सेवा हवाई सेवालाई मान्ने गरिए पनि नेपालमा भने हवाई सेवा असुरक्षित रहेको बताउनु भयो । 

सांसद ज्वालाले भन्नुभयो, ‘सबैभन्दा सुरक्षित यातायातको सेवा हवाई सेवालाई मानिन्छ । तर नेपालका सन्दर्भमा हवाई सेवा असुरक्षित भएको पीडा भोगिरहेका छौँ । ठूला घटना भइरहेका छन् । आइकाओले समेत हामीलाई नेगेटिभ लिस्टमा राखेको छ । यो गम्भीर कुरा हो । सबै कुराको जग भनेको कानून नै हो । हामीले नीति बनाउने तर नीतिअनुसार कानून नबनाउने गरेका छौँ । कानून बनाउने कुरामा नै जगमै सबैभन्दा बढी ध्यान दिनुपर्छ । हाम्रो ध्यान सबैभन्दा बढी सेवाग्राही जनतामा केन्द्रित हुनुपर्छ । जनताले बुझ्ने सरल भाषामा कानून लेख्नु राम्रो हुन्छ ।  कानून बुझेको छैन भन्न पाउँदैनस् भनेर कारबाही गर्ने भएपछि कानून बुझ्ने पनि बनाइदिनुपर्छ नि त ।’


सांसद ज्वालाले नियमनकारी निकाय र सेवामुखी निकाय एउटै कानूनको छातामुनि राख्नु नहुने बताउनु भयो । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

सोमवार, असार २३, २०८२

२०.७९°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन