fbpx

‘तराई मरुभूमि हुने अवस्थामा छ, त्यहाँ जल सतह धेरै तल गइसकेको छ’:-सांसद प्रकाश अधिकारी

author

समाचारपाटी

५ महिना अगाडि

जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले तराईलाई मरुभूमिकरण हुनबाट रोक्न सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ । 

बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद अधिकारीले तराईमा जल सतह ४०० फिटभन्दा तल गइसकेको भन्दै यसले तराईलाई मरुभूमि बनाउँदै लगेको बताउनु भयो । उहाँले तराई÷मधेसलाई मरुभूमीकरण हुनबाट जोगाउन सरकारले यथोचित प्रयास गर्नुपर्ने बताउनु भयो । उहाँले चुरेमा तस्करहरुले गिट्टी, बालुवा उत्खनन् समेत गरिरहेका भन्दै चुरे विनाश हुँदै गइरहेको बताउनु भयो । चुरे बचाउन सरकारले ध्यान दिनुपर्ने उहाँले बताउनु भयो । 

उहाँले भन्नुभयो – ‘तराई मरुभूमि हुने अवस्थामा छ । त्यहाँ जल सतह धेरै तल गइसकेको छ । हिजो सय फिटमा पानी प्राप्त हुन्थ्यो भने अहिले ४०० फिटभन्दा पनि मुनी गएको छ । हिउँद लाग्दादेखि नै यो हाहाकार शुरु भएको छ । यस्तो अवस्था सिर्जना भएको छ । त्यसको सरकारको ध्यान यथोचित रुपमा पुगेको छैन । सरकारले मधेशलाई, चुरेलाई बचाएर, मधेशलाई मरुभूमीकरण हुनबाट जोगाउन, त्यहाँको उत्पादन शक्तिलाई घट्न नदिन गम्भिर प्रयास गर्नुपर्ने हुन्छ । गिट्टी, बालुवा उत्खनन् गर्ने ऐन ल्याउने सरकारले निर्णय गर्यो । त्यो ऐनको सरासर प्रभाव परिराखेको छ । ठाउँ ठाउँमा उत्खनन् गरेर चुरे नास गर्ने, चुरेलाई मरुभूमिकरण गर्ने योजनामा तस्करहरु लागिसकेका छन् । यसलाई रोक्ने कि नरोक्ने ? यो मधेशको लागि ठूलो समस्याको रुपमा देखापरेको छ । मधेशलाई मरुभुमि बनाए नेपालले के भोग्नुपर्ने हो ? यतातर्फ ध्यानाकर्षण गराएँ ।’

उहाँले सरकारले सन्तुलित रुपमा बजेट नदिएको भन्दै त्यसले सन्तुलित विकासमा समेत असर परेको बताउनु भयो । उहाँले सरकारले बजेटमा मधेसलाई अन्याय गरेको पनि बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, असार १२, २०८१

२५.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

बजेट सन्तुलित, समन्यायिक र नतिजामूलक छ : प्रधानमन्त्री

प्रधानमन्त्रीलाई काँग्रेस सांसदको प्रश्न : सत्ता ठूलो की मुलुक...

‘काँग्रेस भित्रको फोहोर सफा गर्न आवश्यक छ’

‘सरकारी अस्पतालमा लामो समय कुर्नुपर्ने अवस्था हटाउन उच्चस्तरीय टोली...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अन्तरजातीय विवाहको कथामा फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन