‘जसको घर सिसाको हुन्छ, अरुमाथि ढुंगा चलाउन कोशिस नगरे हुन्छ’:-प्रदीप यादव

author

समाचारपाटी

२ years अगाडि

जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले आम जनता पार्टीका अध्यक्ष प्रभु साहलाई सिसाको घरमा बसेर अरुमाथि ढुंगा नहान्न चेतावनी दिनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गदै उहाँले प्रभु साहले आफू सिसाको घरमा बसेर अरुमाथि ढुंगा हानेको भन्दै त्यसो नगर्न चेतावनी दिनुभएको हो । उहाँले गौर हत्याकाण्ड प्रभु साहकै उक्सावटमा भएको पनि बताउनुभयो । त्यस्तै वीरगञ्जको कासि तिवारीको हत्या मुद्दापनि प्रभु साहमाथि रहेको भन्दै उहाँले सो मुद्दाको पनि प्रक्रिया अगाडी बढ्नुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो – ‘जसको घर सिसाको हुन्छ । अरुमाथि ढुंगा चलाउन कोशिस नगरे हुन्छ । प्रभु साह आफैँको धेरै मुद्दाहरु छन् । वीरगञ्जमा कासि तिवारीको जुन हत्या भएको थियो उहाँमाथि त्यो मुद्दा अहिले पनि विचाराधिन छ । अदालतमा छ । सुरक्षित छ । राज्यले त्यो पनि अनुसन्धानको दायरामा ल्याउनुपर्छ । गौर हत्याकाण्ड दुःखदायी घटना भयो । त्यो बेलाको इन्चार्ज प्रभु साह नै हुनुहुन्थ्यो । उहाँको उक्सावटमा यो घटना भएको हो । त्यो बेलाको आयोगहरु बनेको थियो । त्यो आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपरो सरकारले । आयोगको प्रतिवेदनले दोषि देखाए स्वीकार्छौं ।’

उहाँले गौर हत्याकाण्डको छानबिन गर्न बनेको तत्कालिन आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयो । प्रतिवेदनले आफ्ना नेताहरुलाई दोषि देखाएको भएपनि स्वीकार्न तयार रहेको उहाँको भनाई छ । 


काठमाडौं

बुधबार, असार ४, २०८२

२४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रास्वपाका कारण संसदको लोगो लगाएर हिँड्न लाज लाग्ने अवस्था...

संसद अवरोध हुँदा सरकारले आफ्नो कारबाही अघि बढाउनु स्वभाविकः...

संसद जबरजस्ती चलाउनु संसदीय व्यवस्थाको लागि धब्बा होः सन्तोष...

सभामुख संसदीय मर्यादा र परम्परा विपरित जानुभयोः राजेन्द्र लिङदेन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन