fbpx

रौतहटमा भएको हत्याकाण्डमा संलग्नहरुलाई पक्राउ गरी कारबाही गर्न सांसद साहको माग 

author

समाचारपाटी

११ महिना अगाडि

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले रौतहटमा हालै भएको दुई वटा हत्याकाण्डमा संलग्नहरुलाई पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गर्नु भएको छ ।  

आईतबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उहाँले शान्ति, सुरक्षा कायम गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । अध्यक्ष साहले हावाहुरीपछि आएको चट्याङमा परी ज्यान गुमाएकी रौटहट मौलापुरकी प्रतिमा देवीको परिवारलाई आवश्यक राहत उपलब्ध गराउन पनि सरकारलाई सचेत गराउनु भयो ।

उहाँले रौतहटमै हावाहुरीका कारण आँप, लिची, मकैलगायतका खेती नष्ट भएको उल्लेख गर्दै पीडितलाई क्षतिपूर्तिका व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । अध्यक्ष साहले भन्नु भयो, एक हप्तायता रौतहटमा लगाएर दुई वटा हत्या भयो । गौर सदरमुकाममै छुरा हानेर हत्या भयो । त्यो पाँच दिन पनि नबित्दै रौतहटकै अर्का झण्डै ७० वर्षीय वृद्धको गोली हानेर हत्या भयो ।

यसरी एउटा हत्या आतंकले एउटा त्रासको स्थिति सृजना भएको छ । म सभामुखमार्फत नेपाल सरकारलाई शान्ति, सुरक्षाको अवस्थाको अवस्थामा सुधार गर्न र अपराधीलाई कानुनको दायरामा ल्याउन म विशेष आग्रह गर्न चाहन्छु । केही दिन अगाडि आएको हावाहुरी र चट्याङले मौलापुरमा एक जना प्रतिमा देवीको मृत्यु भयो । उसको श्रीमान विदेश गएको, बच्चा सानासन दुध खाने अवस्थाका छन ।

त्यो परिवार अहिले अलपत्र छ । सरकारले त्यसको व्यवस्थापन गरेर क्षतिपूर्तिको व्यवस्था गर्न म सरकारलाई आग्रह गर्न चाहन्छु । र, त्यो हावाहुरीसँगै खास गरेर आँपका खेती गर्ने आँप व्यवसायीहरुलाई ठूलो क्षति भएको छ । आँप, लिची, केरा खेती गर्नेहरुको हालत बेहाल भएको छ । मकै तहसनहस भएका छन । ती किसानहरुलाई क्षतिपूर्तिको लागि विशेष आग्रह गर्न चाहन्छु ।  

अध्यक्ष साहले खेतीबाली नष्ट भएका किसानहरुलाई क्षतिपूर्ति दिने काममा सरकारले ढिलाई गर्न नहुने समेत बताउनु भयो ।


काठमाडौं

बुधबार, बैशाख १२, २०८१

२६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

Omoda Nepal

https://omodanepal.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन