fbpx

नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्ः सांसद पशुपतिसमशेर जबरा राणा

author

समाचारपाटी

८ महिना अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपतिसमशेर जबराले नेपालको पर्यटकीय सम्भावनालाई उचित किसिमले विश्वमा प्रचार गर्नसके अहिलको भन्दा चार गुणा बढी विदेशी पर्यटक आगमन हुने दाबी गर्नुभएको छ । 

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै नेता जबराले यस्तो दाबी गर्नुभएको हो । उहाँले नेपाल संसारको सबैभन्दा सुन्दर मुलुक भएपनि सरकारले प्रसारप्रचार गर्न नसकेको बताउनु भयो । उहाँले उचित किसिमले नेपालको पर्यटकीय सम्भावनाको विषयमा प्रचारप्रसार गर्नसके धेरै भन्दा धेरै पर्यटक भित्र्याउन सकिने बताउनु भयो । उहाँले विश्वलाई नेपालका पर्यटकीय गन्तव्यको विषयमा अहिलेसम्म सन्देश दिन नसकिएको बताउनु भयो । उहाँले एक पटक विश्वलाई नेपालका पर्यटकीय गन्तव्यका विषयमा सन्देश दिनसके नेपालमा धेरै पर्यटक आगमन हुने विश्वास रहेको बताउनु भयो । उहाँले नेपालको जलस्रोत पछि सबैभन्दा दोस्रो ठूलो उद्योग पर्यटन भएकाले पर्यटनमार्फत मुलुक समृद्ध बनाउन सकिने बताउनु भयो । उहाँले मुलुक सम्भावना नै सम्भावनाले भरिएको भन्दै सम्भावनाप्रति सरकारले दक्ष व्यवस्थापन र इमान्दारी देखाउन आवश्यक रहेको बताउनु भयो । 
उहाँले भन्नुभयो,‘ नेपाल संसारको सबैभन्दा सुन्दर मुलुक हो । नेपालको पर्यटकीय सम्भावना अहिले छेउछाउबाट मात्रै गरेका छौं । नेपालले मुलुकको पर्यटन क्षेत्रको उचित किसिमबाट प्रचारप्रसार गरेको खण्डमा मुलुकमा पर्यटन अहिलेको भन्दो दोब्बर नभएर चौबर आगमन हुनसक्छ । तर अहिलेसम्म हामीले नेपाल कति राम्रो छ भनेर विज्ञापन गर्न सकेको छैनौं । मुल समस्या नेपालको सौन्र्दय विश्वभर प्रचार गरेर नेपाल सुन्दर छ भनेर सन्देश दिन सक्नुपर्छ । एक पटक विश्वलाई त्यो सन्देश दिनसके नेपालमा धेरै होटलहरु बनेका छन् । खाली भएका होटल भर्ने र थप होटलमा लगानी हुने थियो । त्यसपछि नेपालको जलस्रोत पछि सबैभन्दा दोस्रो ठूलो उद्योग पर्यटन मार्फत मुलुक अगाडि बढ्नसक्छ । मुलुक सम्भावना नै सम्भावनाले भरिएको छ । यो सम्भावनाप्रति सरकारको तर्फबाट दुई वटा कुराहरु दक्ष व्यवस्थापन र इमान्दारी हुन सक्नुपर्छ । नेपाल अगाडि बढ्छ ।’

नेकपा एमालेका सांसद दामोदर पौडेल वैरागीले समितिले नेपालको पर्यटन प्रवद्र्धनका विषयमा सबैसँग छलफल गर्ने तर निचोड ननिकाल्ने गरेको बताउनु भयो । उहाँले निजी क्षेत्रले हरेक पटक पर्यटन प्रवद्र्धनका लागि कानून संशोधन लगायतका विषयमा लिखित रुपमा सुझाव दिएपनि कार्यान्वयनको लागि संसदमा नगएको बताउनु भयो । उहाँले निजी क्षेत्रले दिएका लिखित सुझावहरु दुई वर्षसम्म पनि कार्यान्वयनमा नल्याइएकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । 

नेपाली काँग्रेसका सांसद उदय समशेर राणाले उपत्यकामा आन्तरिक पर्यटक बढेको बताउनु भयो । उहाँले नेपालमा थोरै समय निकालेर आउने तर टेकिङ गर्न चाहने पर्यटकहरुको लागि उपत्यकाका पदमार्गहरुलाई चलायमान बनाउन आवश्यक रहेको बताउनु भयो । 

उहाँले उपत्यका भित्र साइक्लिङ र पदमार्गलाई व्यवस्थित बनाउनसके मात्रै पनि पर्यटन प्र्रवद्र्धनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, मंसिर २१, २०८१

१७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन