fbpx

बहुलवादी संस्कृतिलाई निषेध गर्ने उद्देश्यले संविधान संशोधन गर्न लागिएको होइनः सांसद नारायण प्रकाश साउद

author

समाचारपाटी

१ महिना अगाडि

नेपाली काँग्रेसका सांसद नारायणप्रकाश साउदले बहुलवादी संस्कृतिलाई निषेध गर्ने उद्देश्यबाट संविधान संशोधन गर्न लागिएको भ्रम फैल्याइएको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बतउनुभएको हो । उहाँले कुनैपनि ठाउँमा दुई दलीय शासन स्थापित गर्ने वा ज्यादा दल र विचार समाजमा आउने बहुलवादी संस्कृतिलाई कुनैपनि किसिमले निषेध गर्ने उद्देश्य अहिलेको मोर्डन प्रजातन्त्रमा कसैको पनि नहुने स्पष्ट पार्नुभयो । उहाँले अहिले सरकार संविधान संशोधनको प्रक्रियामा रहेको र सरकार पश्चगामी बाटोतिर नजाने बताउनु भयो । उहाँले २०÷२५ हजार भोटले एक सांसद हुने, दलहरु थरीथरी खुल्ने, मिश्रित निर्वाचन पद्धतिले एकल दलको बहुमत आउने सम्भावना नहुने, सानासाना एक दल, दुई दल, तीन दल हुँदाहुँदा २५ सिट पाउने दलसँग पनि प्रत्यक्षमा एक सिट जित्ने हैसियत नहुने स्थिति रहेकाले कुनै न कुनै रुपमा त्यसलाई समाधान गर्नुपर्नेमा राष्ट्रिय सहमति बनेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘अब हामी संविधान संशोधनको प्रक्रियामा छौँ । संविधान संशोधनको प्रक्रियामा हामी अगाडि बढिरहेको बेलामा हामीले अब पश्चगामी भन्ने बाटोतिर कसैले पनि जान सक्दैन । लेफ्टहरुबाट बहस आएको म सुन्छु, दुई दलीय बन्यो, अर्को दलीय बन्यो । कम्युनिष्टहरु त एकदलीय शासन व्यवस्थालाई विश्वास गर्ने हुन् । तर उहाँहरुले बहुदलीय शासन व्यवस्थाको पैरवी गरेको सुन्दा मलाई चाहीँ बहुत सन्तुष्टि मिलेको छ । दुई दलीय कसैले बनाउन खोजेको छ भन्नेकुरा बिल्कुलै होइन । कहिले कहीँ थ्रेस होल्डको कुराले दुई दलीयलाई प्रमोट गर्ने बाटोमा अघि बढ्छ की भन्ने, हामीले पुरानो अभ्यासबाटै हामी पनि संसदमा हुँदै धेरै छलफल र बहस भइसकेपछि अब २०÷२५ हजार भोटले एक सांसद हुने, दलहरु थरीथरी खुल्ने, मिश्रित निर्वाचन पद्धतिले एकल दलको बहुमत आउने सम्भावना नहुने, सानासाना एक दल, दुई दल, तीन दल हुँदाहुँदा २५ सिट पाउने दलसँग पनि प्रत्यक्षमा एक सिट जित्ने हैसियत नहुने स्थिति भइसकेपछि कुनै न कुनै रुपमा त्यसमा परिमार्जन गर्नुपर्छ भन्ने राष्ट्रिय सहमतिकै आधारमा हामी त्यो निक्र्यौलमा पुगेका हौँ । तर त्यसको उद्देश्य कुनैपनि ठाउँमा दुई दलीय शासन स्थापित गर्ने वा ज्यादा दल र विचार समाजमा आउने बहुलवादी संस्कृतिलाई कुनैपनि किसिमले निषेध गर्ने उद्देश्य अहिलेको मोर्डन प्रजातन्त्रमा कसैको पनि छैन ।’


सांसद साउदले एकदलीय शासन व्यवस्थालाई विश्वास गर्नै कम्युनिष्टहरुले बहुदलीय व्यवस्थाबारे आवाज उठाउँमा आफू सन्तुष्ट रहेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, माघ ६, २०८१

२१.५५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन