नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणी चौधरीले दाङका स्वर्गद्वारी गुठीपीडित किसानको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद चौधरीले यस्तो ध्यानाकर्षण गराउनुभएको हो । उहाँले राज्यले सुन्नलाई कान र हेर्नलाई आँखा नभएजसरि किसानका मागहरुको बेवास्ता गरेको आरोप लगाउनु भयो । उहाँले आन्दोलनरत किसानहरुसँग भएका सामग्रिहरु समेत सरकारले डकैँती शैलीमा खोसेको आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो, ‘दाङका किसानहरु धर्नामा बसेको ३८ दिन भयो । राज्यले माग सम्बोधन गरेको छैन । मानौं राज्यसँग सुन्नको लागि कान छैन, हेर्नको लागि आँखा छैन । किसानहरुको साथमा रहेको सामानहरु डकैँती शैलीमा खोसिएको छ । यदि यसलाई ठिक मान्ने हो भने हामी पनि इटाको जवाफ पत्थरले दिन्छौं । अब त अत्ति भयो । अत्ति भए खति हुन्छ भन्ने हेक्का सरकारलाई हुनुपर्छ । ’उहाँले मोही किसानका समस्या समाधान गर्न तदारुकताका साथ काम गर्न सरकारसँग माग गर्नुभयो ।
—न्युज एजेन्सी नेपाल