राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले समाज कल्याण परिषद्को सदस्यसचिवको भुमिकाप्रति प्रश्न उठाउनुभएको छ ।
मंगलवारको प्रतिनिधि सभाअन्तर्गत सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले सदस्यसचिव मनोज भट्टको भुमिकाप्रति प्रश्न उठाउनुभएको हो । उहाँले सदस्यसचिवले चाइना फाउण्डेशनको भिसा एक्सपायर भइसकेको कन्ट्रिरिप्रजेनटेटिभलाई सँगै लिएर हिँड्नुले थप शंका उब्जिएको बताउनु भयो । उहाँले देशको कानून मिचेर भिसा एक्सपायर भइसकेको कन्ट्रिरिप्रजेनटेटिभलाई अघि लगाएर हिँड्न नमिल्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘बहसको कुरा पनि सम्झिनुपर्छ । तपाईंले भनेको जस्तो छैन । तपाईंको आफ्नै क्रियाकलापहरु पनि शंकास्पद छ । त्यसको वान अफ द एभिडेन्स चाइना फाउण्डेशनको भिसा एक्सपायर भइसकेको कन्ट्रिरिप्रजेनटेटिभलाई तपाईंले सँगै लिएर हिँड्ने । उसले केही डोनेशन दिन्छ । त्यसमा केही कमिसन पाइन्छ भनेर तपाईंले देशको कानून मिचेर कुनै एउटा कन्ट्रिरिप्रजेनटेटिभ जो भिसा एक्सपायर भएर यो देशमा काम गरेर बसेको छ । उसको संगत गर्न मिल्दैन ।’
सांसद झाले अदालतले निर्णय गरिसकेको टेण्डहरु समाज कल्याणले किन निरन्तरता दिइरहेको भन्दै प्रश्न गर्नुभयो ।
—न्युज एजेन्सी नेपाल