मन्त्रीहरु बाहिर सांसदहरुलाई कुराएर, भित्र दलालहरुसँग बस्छन्ः सांसद महेशकुमार महरा

author

समाचारपाटी

१ year अगाडि

नेकपा(माओवादी केन्द्र) का सांसद महेशकुमार महराले सरकारका मन्त्रीहरुले विकास निर्माणका योजना लिएर जाने सांसदहरुलाई भेट नदिने गरेको बताउनुभएको छ । 

आईतवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद महराले सांसदहरुलाई सरकारका मन्त्रीहरुले भेट नदिने गरेका बताउनुभएको हो । उहाँले विकास निर्माणका योजनाहरुसँग सम्बन्धित काम लिएर जाँदा मन्त्रीहरुले वेवास्ता गर्ने गरेका बताउनु भयो । उहाँले बाहिर सांसदहरु कुरेर बसिरहँदा भित्र मन्त्रीहरु दलालहरुसँग बसिरहेका हुने बताउनु भयो । उहाँले आगामी दिनमा पनि मन्त्रीहरुले सांसदहरुलाई त्यसरी वेवास्ता गरेमा मन्त्रीका बिरुद्धमा संसदमा कडा रुपले प्रश्तुत हुने र मन्त्रीहरुका बिरुद्धमा मिडियामा जानेसम्मको चेतावनी दिनुभयो । उहाँले यस तरिकाले सुशासन कायम हुन नसक्ने भन्दै मन्त्रीहरुलाई निर्देशन दिन प्रधानमन्त्रीलाई आग्रह समेत गर्नुभयो । 

उहाँले भन्नुभयो – ‘एउटा माननीय बाहिर कुरिरहेको हुन्छ । भित्र कुनै अमुक व्यक्ति दलालहरु आएर बसिरहेका हुन्छन् । तर माननीयहरुले भेट्न पाउँदैनन् । खबरदार म यहाँबाट के भन्न चाहन्छु भने यदि तपाईहरुले संसदका सदस्य माननीयज्युहरु प्रति त्यस्तो व्यवहार गर्नुहुन्छ भने हामीले तपाईका बिरुद्ध फेरि यो भन्दा कडा सदनमा त बोल्छौँ, बोल्छौँ । हामी बाहिर मिडियामार्फत पनि जान तयार छौँ । प्रधानमन्त्रीलाई म के भन्छु भने जो मन्त्रिहरु छन्, उहाँहरुलाई निर्देशन दिनुप¥यो । यसरी सुशासन कायम हुन सक्दैन । यसरी सामाजिक न्याय र सोह्रौँ पञ्चवर्षीय योजनाको सोच पूरा हुँदैन ।’

उहाँले सुदूरपश्चिमको पर्यटन विकासका लागि संघीय सरकारले ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले जयपृथ्वी राजमार्ग अलपत्र अवस्थामा रहेको भन्दै सो राजमार्गको सुधार गर्न माग समेत गर्नुभयो ।

–न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन