नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले राष्ट्रिय राजमार्ग संवेदनशील बन्दा पनि समयमा ध्यान पुग्न नसकेको बताउनुभएको छ ।
बिहीवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लाखौँ मानिसहरुको दैनिक आवतजावत हुने राजमार्ग समयमा काम हुन नसकेको बताउनु भयो । मान्छे नै ढलेर पुरिने प्रकारका खाल्डा हुँदा समेत सरकारको ध्यान पुग्न नसकेको बताउनु भयो । उहाँले अनुगमन गरेपनि त्यसको कुनै प्रभावकारिता नभएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिले राष्ट्रिय राजमार्ग जहाँ लाखौँ मानिसहरुको दैनिक आवतजावत हुन्छन् । त्यस्ता ठाउँहरुमा समेत समयमा काम भएको छैन । काम नहुने कुरा एउटा ठाउँमा छ । मान्छे नै ढलेर पुरिने प्रकारका खाल्डा हुँदा समेत त्यसमा कुनै समवेदना छैन । कुन निकायले हेर्ने हो, कसरी गर्ने हो । जति अनुगमन गरेपनि त्यसको कुनै प्रभावकारिता आएको छैन । कतै न कतै जवाफदेहीता र प्रभावकारितासमेत हाँसिल गर्ने प्राप्ति गर्नेकुरा होला । नत्र भने कर्मकाण्डी, औपचारिकता पूरा गर्नका लागि मात्रै गर्ने अनुगमन, मूल्यांकन, सुपरीवेक्षणले त काम हुँदैन ।’
सांसद सापकोटाले अनुगमन गरेपनि त्यसको कुनै प्रभावकारिता नभए कर्मकाण्डी, औपचारिकता पूरा गर्नका लागि मात्रै गर्ने अनुगमन, मूल्यांकन, सुपरीवेक्षणले गर्ने कुरा काम नलाग्ने बताउनु भयो ।
न्युज एजेन्सी नेपाल