fbpx

समितिमा रहेका विधेयकहरु निश्चित समयमा संसदमा आउनैपर्ने व्यवस्था गरौँः सांसद लेखनाथ दाहाल

author

समाचारपाटी

८ महिना अगाडि

नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले संसदीय समितिहरुमा अड्किएका विधेयकहरु निश्चित समयमा प्रतिनिधि सभामा आउनैपर्ने कार्यतालिका बनाउनुपर्ने बताउनुभएको छ । 


बुधवार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद दाहालले विभिन्न संसदीय समितिहरुमा विधेयकहरु अड्किएको बताउनुभएको हो । उहाँले कुन समस्याका कारण समितिमा विधेयकहरु अड्किएका हुन् भन्ने सम्बन्धमा समिति सभापतिहरुसँग सभामुखले बुझ्नुपर्ने बताउनु भयो । उहाँले समितिहरुमा अड्किएका विधेयकहरु निश्चित समयमा प्रतिनिधि सभामा आउनुपर्ने कार्यतालिका बनाएर अगाडी बढ्न सभामुखलाई आग्रह गर्नुभयो । उहाँले संविधानले व्यवस्था गरेको मौलिक हकको कार्यान्वयन गर्नका लागि चुकिरहेको भन्दै विगतको जस्तैगरी सरकार र संसद सञ्चालन गर्नु नहुने बताउनु भयो । 
उहाँले भन्नुभयो – ‘मेरो सभामुखलाई विनम्र अनुरोध छ, समिति सभापतिज्युहरुसँग सभामुखज्युले बैठक बोलाउनुपर्यो । कुन समितिमा किन त्यो विधेयक अड्किएको छ, त्यो विधेयक किन फेरि सदनमा फर्किएर आउँदैन ? समस्या के–के हुन् ? समस्या समाधान हामीले नै गर्ने हो । कुनैपनि हालतमा ति विधेयकहरु निश्चित समय कार्यतालिका बनाएर तिनीहरु संसदीय समितिबाट सदनमा आउने बाटो खोल्ने पहलका निम्ति म सभामुखज्युलाई हार्दिक अनुरोध गर्दछु । त्यसैगरी सदनमा प्रश्तुत भएका विधेयकहरुमा हामीले सार्थक बहस गर्नुपर्ने छ, परिमार्जनसहित पास गर्नुपर्नेछ । संविधान निर्माण भएको ८ वर्षमा संघीयता कार्यान्वयन गर्नेकुरा, संविधानमा व्यवस्था भएको मौलिक हकको व्यवहारिक कार्यान्वयन गर्ने प्रक्रियामा हामी चुकेका छौँ । विगतको सदन, विगतको सरकार जसरी सञ्चालन भएको थियो । विगतका सत्ताको संरचना जसरी सञ्चालन भइरहेका थिए त्यसैगरी सदन सञ्चालन गर्यौँ । त्यसैगरी सरकार सञ्चालन गर्यौँ । त्यसैगरी सत्ता अन्तर्गतका संरचनाहरुको सञ्चालन गर्यौँ भने हाम्रा समस्याहरुको समाधान हुँदैन ।’
उहाँले रणनीतिक सडकहरु र वैकल्पिक लोकमार्गहरु अलपत्र अवस्थामा रहेका भन्दै ति आयोजनाहरुलाई यसै आर्थिक वर्षमा सुुचारु गर्नेगरी काम गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बुधबार, मंसिर २६, २०८१

९.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन