fbpx

‘राजा भन्ने शब्द संसदीय रेकर्डबाट हटाईयोस्’:- सांसद लेखनाथ दाहाल

author

समाचारपाटी

१ year अगाडि

सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले राजा भन्ने शब्द संसदीय रेकर्डबाट हटाउन माग गर्नुभएको छ । 

शुक्रवार प्रतिनिधि सभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजा भनि सम्बोधन गर्नुभएको थियो । त्यसप्रति आपत्ति जनाउँदै सांसद दाहालले नेपालको संविधानले राजा भन्ने शब्द नचिन्ने उल्लेख गर्दै त्यसलाई संसदको रेकर्डबाट हटाउन माग गर्नुभयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा राजा भन्ने शब्द बोल्न नमिल्ने जिकिर गर्नुभयो । 

सांसद दाहालले भन्नुभयो, ‘नेपालको संविधानले राजा चिन्दैन । भर्खरै एक जना माननीयज्यूले राजा भन्ने शब्द प्रयोग गर्नुभयो यो सम्मानित सदनमा । यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक हो । तसर्थ, यो राजाभन्ने शब्द रेकडबाट हटाईयोस भन्ने माग राख्न चाहन्छु ।’सांसद दाहालले चाडपर्व आएकाले कालोबजारी हुन नदिन सरकारलाई सचेत समेत गराउनु भयो ।


काठमाडौं

बिहिबार, मंसिर २०, २०८१

९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन