‘विगतमा सार्वजनिक लेखा समितिमा आएका उजुरीहरु कति छन,छानबिन गर्नुपर्छ’:-सांसद लेखनाथ दाहाल

author

समाचारपाटी

२ years अगाडि

नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले सार्वजनिक लेखा समितिमा विगतमा आएका उजुरीहरु छानबिन गरेर मात्रै नयाँ कार्यसूचीमा प्रवेश गर्नुपर्ने बताउनुभएको छ । 

बुधवार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद दाहालले सार्वजनिक लेखा समितिमा विगतमा आएका उजुरीहरु पनि छानबिन गर्नुपर्ने बताउनु भयो । उहाँले विगतमा उजुरीहरु छानबिन गरेर मात्रै अन्य कार्यसूची र उजुरीहरुमाथि छलफल गर्नुपर्ने बताउनु भयो । उहाँले समितिले विगतमा गरेका निर्णयहरु कार्यान्वयन भए नभएको सम्बन्धमा पनि समिक्षा हुनुपर्ने बताउनु भयो । उहाँले आगामी दिनमा समितिले कार्यान्वयन गर्न सकिने गरीमात्रै निर्णय गर्नुपर्ने भन्दै कार्यान्वयन गर्न नसकिने निर्णय गर्नु नहुनेमा सचेत गराउनु भयो । थोरै निर्णय गर्ने तर कार्यान्वयनको सुनिश्चितता हुनुपर्नेमा उहाँले जोड दिनुभयो । सांसद दाहालले भिजिट भिसा लिनका लागि अध्यागमन कार्यालयमा अनुचित लेनदेन हुने गरेको भन्दै यस सम्बन्धमा पनि सम्बन्धित निकायसँग समितिले छलफल गर्नुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो – ‘विगतमा सार्वजनिक लेखा समितिमा आएका उजुरीहरु कति छन् ? ति पनि विगतका समस्या हुन् । हाम्रै मुलुकका समस्या हुन् । ति समस्याहरुको बारेमा पनि हामीले अध्ययन गर्नुपर्ने हुन्छ र यहाँ छलफलको विषय बनाउनुपर्ने हुन्छ । विगतको सार्वजनिक लेखा समितिले गरेका निर्णयहरु के–के हुन् ? ति निर्णयहरु कार्यान्वयन प्रक्रियामा गए कि गएनन् ? ति निर्णयहरु ठिक थिए कि निर्णय प्रक्रिया नै बेठिक थिए ? के कारणले, कसका कारणले कार्यान्वयन भएनन् ? सरकारी संरचनाको कारणले भएन कि ? निर्णय प्रक्रिया गलत भएर भएनन् कि भन्ने विषयमा गम्भिरतापूर्वक समिक्षा नगरीकन, हाम्रो बुझाइमा एकरुपता पैदा नगरीकन नयाँ प्रस्तावहरु, नयाँ समस्याहरुको हल गर्न सकिँदैन । निर्णयलाई अलपत्र पार्ने निर्णय गर्नु हुँदैन भन्ने मेरो मान्यता छ । कामको प्राथमिकिकरण गरेर निर्णय गर्नुपर्छ । जुन निर्णय गर्छौ त्यो निर्णय कार्यान्वयन गर्न सक्नुपर्छ । कार्यान्वयन नहुञ्जेल अरु निर्णय गर्नुहुन्न । थोरै निर्णय गर्ने तर कार्यान्वयनको सुनिश्चितता सहितको निर्णय गर्नुपर्छ । पछिल्लो समय अध्यागमनमार्फत् भिजिट भिसामा जाने अवैधानिक ढंगले रोकिएका छन् । भिजिट भिसा दिने बेलामा अध्यागमन मार्फत् नै अनुचित लेनदेन गर्ने भन्ने कुरा बजारमा आइराखेको छ यो बारेमा सम्बन्धित विभाग र मन्त्रालयसँग बुझ्नुपर्ने ।’

उहाँले सरकारले महंगी, कालोबजारी तस्करीलाई नियन्त्रण गर्नुपर्ने र आन्दोलनरत राहत शिक्षकहरुको मागलाई सम्बोधन गर्नुपर्ने बताउनु भयो । 


काठमाडौं

बिहिबार, जेष्ठ ९, २०८२

२३.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन