fbpx

‘संविधानको जगमा उभिएर हामीले वहस गर्नुपर्छ,संसद विज्ञापन एजेन्सी संस्था होइन’:-सांसद लेखनाथ दाहाल

author

समाचारपाटी

१ year अगाडि

नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले संसद राजसंस्थाको पैरवी गर्ने थलो नभएको बताउनुभएको छ ।
बुधवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद दाहालले संसद राजसंस्थाको पैरवी गर्ने थलो नभएको बताउनुभएको हो । उहाँले राजसंस्थाले २४० वर्षसम्म जनतालाई प्रताडित गरेको भन्दै जनतालाई प्रताडित गर्ने संस्थाको जबर्जस्ती पैरवी गर्ने थलो संसद नभएको बताउनु भयो । उहाँले संसदलाई राजसंस्थाको पैरवी गर्ने थलोको रुपमा जनताले नमान्ने बताउनु भयो । सांसद दाहालले संसद विज्ञापन एजेन्सी पनि भएको स्पष्ट पार्नुभयो । उहाँले कोही हराएको विज्ञापन संसदमा गर्नु नहुने बताउनु भयो । उहाँले संसदमा अमर्यादित, अशिष्ट र अराजक वहसहरु हुने गरेका भन्दै संविधानको जगमा उभिएर वहस गर्न सांसदहरुको ध्यानाकर्षण गराउनु भयो । 

उहाँले भन्नुभयो – ‘यो सदनमा अहिलेसम्म जसरी विषयवस्तु उठान भएका छन् र वहस भएका छन् । यि वहसहरु अलि अमर्यादित छन् । अशिष्ट छन् । अराजक छन् । मैले पटक–पटक उठाउँदै आएको छु । कमसेकम संविधानको जगमा उभिएर हामीले वहस गर्नुपर्छ । छलफल गर्नुपर्छ । संसद विज्ञापन एजेन्सी संस्था होइन, कहीँ विज्ञापन गर्न पाइदैन । कोही हराएको विज्ञापन गर्ने कुरा, कोही पछाडी फर्किएर प्रतिगामी कोणबाट २४० वर्षसम्म जनतालाई प्रताडित गर्ने संस्थाहरुको जबर्जस्ती पैरवी गर्ने थलोको रुपमा पनि संसदलाई जनताले पत्याउँदैनन् र मान्दैनन् । यहाँ वहस जसरी उठेका छन् कमसेकम विचार केन्द्रित भएर, राष्ट्रिय स्वार्थसँग केन्द्रित भएर हामीले हाम्रा वहसहरुको उठान गर्नुपर्छ भन्ने विषयमा सदनको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उहाँले देशमा अर्बौंको काठ आयात भइरहेको भन्दै काठ आयातलाई रोकेर देशकै काठ प्रयोग गर्ने उपयुक्त वातावरण बनाउनुपर्ने बताउनु भयो । उहाँले सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिकामा युरिया मल कारखाना छिटोभन्दा छिटो सञ्चालन गर्न पनि सरकारलाई आग्रह गर्नुभयो ।


काठमाडौं

सोमवार, जेष्ठ ७, २०८१

२२.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीविरुद्ध नेवि संघको विरोध प्रदर्शन

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन