fbpx

गृहमन्त्रीले काँग्रेसलाई दुई वटा राहदानीको अपचलन गर्ने पाठ सिकाउन लाग्नुभएको होः सांसद जितजंग बस्नेत

author

समाचारपाटी

९ महिना अगाडि

राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद जितजंग बस्नेतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली काँग्रेसलाई ९ मिनेट १८ सेकेण्डमा पाठ सिकाउने अभिव्यक्ति दिनुभएको भन्दै काँग्रेस पाठ सिक्न तयार रहेको बताउनुभएको छ । 

बुधवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले दुई वटा नागरिकताको पाठ सिकाउनुहुन्छ की के को पाठ सिकाउनु हुन्छ भन्दै प्रश्न गर्नुभयो । उहाँले दुई वटा राहदानीको अपचलन गर्ने पाठ सिकाउनु हुने हो वा सहकारी ठगी गर्ने पाठ सिकाउनु हुन्छ ? भन्ने प्रश्न गर्नुभयो । उहाँले लामिछानेले जेमा हात हाल्यो त्यहीँ ठगी गर्ने पाठ सिकाउन लागेको हो ? भन्दै प्रश्न गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘गृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले नेपाली काँग्रेसलाई ९ मिनेट १८ सेकेण्डमा पाठ सिकाउँछु भन्नुभएको रहेछ । म पाठ सुन्न बसेको छु । के पाठ सिकाउनु हुन्छ ? उहाँले दुई वटा नागरिकताको पाठ सिकाउनुहुन्छ मलाई ? दुई वटा राहदानीको अपचलन गर्ने पाठ सिकाउनु हुन्छ ? सहकारी ठगी गर्ने पाठ सिकाउनु हुन्छ ? अथवा आफ्नो गैरजिम्मेवारीपनले पत्रकार नै मर्दा पनि आवाज उठाउन नसक्ने पाठ सिकाउनु हुन्छ ? उहाँ जेमा काम गर्नुहुन्छ त्यहीँ नै ठगी गर्ने पाठ सिकाउनु हुन्छ ? के पाठ सिकाउनु हुन्छ ? म सुन्न तयार छु । नेपाली काँग्रेस आधा घण्टा पाठ सुन्न तयार छ । पहिलो कुरा नैतिकता र चरित्र ठूलो कुरा हो राजनीतिमा ।’उहाँले राजनीतिमा पहिलो कुरा नैतिकता र चरित्र ठूलो हुने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, मंसिर २७, २०८१

८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन