भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाई दृढतापूर्वक अघि बढन शर्माको सरकारलाई आग्रह

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । सत्तारुढ माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाई दृढतापूर्वक अघि बढन सरकारलाई आग्रह गर्नु भएको छ ।  

शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले सो प्रकरणमा सरकारले उठाएको कदम स्वागतयोग्य रहेको उल्लेख गर्दै त्यसलाई दृढतापूर्वक अघि बढाउनुपर्ने बताउनु भएको हो । सांसद शर्माले देशका निम्ति, राष्ट्रका निम्ति सरकारले जोड दिएर काम गर्नुपर्ने पनि बताउनु भयो । उहाँले मुलुकको सुशासनका लागि पूँजीगत खर्च समयमै हुने गरी आवश्यक कानुन बनाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । साधारण खर्च हुने तर पूँजीगत खर्च ५० प्रतिशत पनि नहुने कुराले मुलुकको सुशासन र समृद्धि हुन नसक्ने सांसद शर्माको भनाई थियो ।

उहाँले निर्वाचन प्रणालीले सबै राजनीतिक दलहरुमा विकृति र विसंगति भित्र्याएको उल्लेख गर्दै त्यसलाई संशोधन गरेर अघि बढन पनि सबै राजनीतिक दलहरु अग्रसर हुनुपर्ने बताउनु भयो । सांसद शर्माले भन्नु भयो, ‘समृद्धिको आधार भनेको सुशासनबाट सुरु हुन्छ । सुशासनविना हामीले प्राप्त गरेको उपलब्धि हासिल गर्न पनि सक्दैनौं । सुशासनविना परिवर्तनका उपललब्धिहरु पनि हामीले हासिल गर्न सक्दैनौं । त्यो भन्दा महत्वपूर्ण कुरा सुशासनविना हामीले समृद्धि हासिल गर्न सक्दैनौं । तसर्थ, हाम्रो देशको साझा दुश्मन अथवा सबैको साझा समस्या भनेको कुसंस्कार हो, अपारदर्शिता हो । र, भ्रष्टाचार हो । सबै राजनीतिक पार्टीहरुमा विकृति र विसंगति जो छ । अथवा, राजनीतिक दलहरुले ठिक ढंगले राष्ट्रको अपेक्षा अनुरुप, जनताको चाहना अनुरुप अहिलेके अभिभारालाई पूरा गर्नको निम्ति ठिक ढंगले नेतृत्व गर्न जो सकिराखेका छैनन् ।

अथवा, त्यो सुशासनको नेतृत्व गर्न सकिराखेका छैनन् । त्यसका पछाडिको कारण भनेको ती राजनीतिक दलहरुमा केही न केही विकृति र विसंगति छ । यसको मुख्य स्रोत भनेको निवाृचन प्रणाली हो । जुन ढंगको निर्वाचन प्रणाली हामीले अपनायौं । हामीले जारी गरेको संविधान र निर्वाचन प्रणालीको बीचमा ठूलो अन्तरविरोध छ । तसर्थ, यो निर्वाचन प्रणालीले एउटा विकृति, विसंगतिहरु सबै राजनीतिक दलहरुमा भित्र्याएको छ ।

यो एउटा बाध्यता जस्तो बन्न पुगेको छ । यसबाट कुनै पनि राजनीतिक दलहरु माथि उठन सकिराखेका छैनन् । यो सुशासनलाई व्यवस्थित ढंगले अगाडि बढाउन र सुशासनको महाअभियानको नेतृत्व गरेर जानका लागि अर्को बाधक निर्वाचन प्रणाली हो । तसर्थ, यो निर्वाचन प्रणालीमा सबैले साझा ढंगले र यो राष्ट्रले गम्भिर ढंगले सोच्नुपर्छ भन्ने कुरा म राख्न चाहन्छु । तसर्थ, यो सुशासनको विषयलाई हामीले कसरी अगाडि लैजाने यतिखेरको साधारण खर्च र पूजीगत खर्चको ग्याप त छदैछ । साधारण खर्च सयमा सय प्रतिशत खर्च हुने स्थिति र पूँजीगत खर्च पनि ५० प्रतिशत पनि बडो मुस्किल ढंगले पुग्ने स्थिति, त्यो पनि अन्तिम समयमा गएर पुग्ने स्थिति देखिराखेका छांै, भोगी राखेका छौं । यो भनेको समृद्धिका निम्ति, सुशासनका निम्ति, व्यवस्था फेरेपछि जनताको अवस्था फेर्न हामीले जुन कमिटमेन्ट गरिराखेका छौं, यो पूरा गर्नका निम्ति यो समस्या रहेको छ । हामीले पहिलो कुरा साधारण खर्च र पूँजीगत खर्चको कुन असामाञ्जस्यता छ । यसलाई पूरा गर्नुपर्नेछ ।

र, अर्को कुरा यहाँ सरकारका मन्त्रीजीहरु उपस्थिति हुनुहुन्छ । आवश्यक ऐन, नियमहरु यही बजेट अधिवेशनमा ल्याउन पनि अनुरोध गर्न चाहन्छु । पूँजीगत खर्चलाई समयमै खर्च गर्न सक्ने गरी ऐन बनाउन सक्यौं भने त्यसलाई समयमै खर्च गर्न सक्छौं । अगाडि बढाउन सक्छौं । यस अर्थमा म सरकारको गम्भिर ढंगले यहाँ ध्यानाकर्षण गराउन चाहन्छु । अहिले सुशासनका विषयमा संशयहरु, आशंकाहरु छन । म सरकारलाई यो अनुरोध गर्न चाहन्छु कि अहिले उठीराखेका सवाल सकारात्मक छ । स्वागतयोग्य छ । र, यसलाई कहीँकर्त पनि खुट्टा नकमाईकन राष्ट्रका निम्ति, देशका निम्ति दृढतापूर्वक अगाडि बढाउनका निम्ति पनि म हार्दिक अनुरोध गर्न चाहन्छु ।’

सांसद शर्माले यही बजेट अधिवेशनमा पूँजीगत खर्च बेलैमा हुने गरी आवश्यक कानुनी व्यवस्था गर्न पनि सरकारलाई दवाव दिनु भयो । 


काठमाडौं

शनिबार, साउन ४, २०८२

२९.४३°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगबाट सेटल गर्छौंः योगेश भट्टराई

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

मिस कास्की नेपाल २०२५ को भव्य ग्राण्ड फिनाले भोलि...

”को कवि ”

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...