बजेटले दीर्घकालिन सुधारलाई सम्बोधन गर्ने स्पष्ट संकेत गरेको छः सांसद ज्ञानेन्द्रबहादुर कार्की

author

समाचारपाटी

३ हप्ता अगाडि

नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले आगामी बजेटले दीर्घकालिन सुधारलाई सम्बोधन गर्ने स्पष्ट संकेत गरेको बताउनुभएको छ । 

सोमवार प्रतिनिधि सभा बैठकमा “आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा भाग लिँदै सांसद कार्कीले बजेटले निर्धारण गरेका प्राथमिकता र लक्ष्य उपयुक्त रहेको बताउनुभएको हो । उहाँले उच्च, दिगो एवं फराकिलो आर्थिक वृद्धिदर हासिल गरी गरिबी निवारण, उद्यमशीलता, विकास र सार्वजनिक तथा निजी लगानी विस्तारलाई बजेटले उद्देश्यमा राखेको बताउनु भयो । लक्ष्य र आकांक्षाहरु प्राप्त गर्न त्यति सहज नभएपनि नेपालको राजनीतिमा गहिरो प्रभाव पार्ने दुई ठूला दलले निर्माण गरेको सरकारले ल्याएको बजेट यथार्थमा उभिएका हुनाले जनताका आकांक्षाहरु परिपूर्ति गर्नका निमित्त समयवद्ध र चरणवद्ध हिसावले अगाडि बढेको सांसद कार्कीको दाबी छ । 

उहाँले भन्नुभयो, ‘मेरो विचारमा यो बजेटले मुलुकको वर्तमान आर्थिक यथार्थता, जनअपेक्षा र दीर्घकालिन सुधारलाई सम्बोधन गर्ने स्पष्ट संकेत गरेको छ । यो बजेटले निर्धारण गरेका प्राथमिकता र लक्ष्य उपयुक्त छन् भन्ने धारणा म यहाँ राख्न चाहन्छु । बजेटले उद्देश्यमा राखेको छ– उच्च, दीगो एवं फराकिलो आर्थिक बृद्धिदर हासिल गरि गरिबी निवारण गर्ने, उद्यमशीलता, विकास र सार्वजनिक तथा निजी लगानी विस्तार गरी रोजगारी सिर्जना गर्ने । प्राथमिकतामा बजेटले राखेको छ– उद्यमशीलता, रोजगारी, उत्पादन तथा उत्पादकत्व अभिवृद्धि, प्रतिफलयुक्त गुणस्तरीय भौतिक पूर्वाधारको रुपमा लगानी विस्तार, सामाजिक क्षेत्रमा गुणस्तरात्मक सुधार यी कुराहरु लक्ष्य र प्राथमिकताका रुपमा राखेको छ । यी लक्ष्यहरु हाम्रा देशका आकांक्षाहरु हुन् र यिनिहरुलाई प्राप्त गर्न त्यति सहज छैन । नेपालको राजनीतिमा गहिरो प्रभाव पार्ने दुई ठूला दल काँग्रेस र एमालेले निर्माण गरेको यो सरकार जो स्थिरता र विकासका निमित्त अग्रसर छ त्यो सरकारले ल्याएको बजेट यथार्थमा उभिएको हुनाले जनताका आकांक्षाहरुलाई परिपूर्ति गर्नका निमित्त समयवद्ध हिसावले, चरणबद्ध हिसावले अगाडि बढेको हुनाले बजेटको समर्थन गर्न चाहन्छु । बजेटले निर्धारण गरेको उद्देश्य र लक्ष्य निर्धारण त्यति सहज छैन । हाम्रो मुलुकको अर्थतन्त्रले भोगेको समस्याहरु यथावत छन् न्यून आर्थिक बृद्धिदर, उच्च बेरोजगारी, बाह्य घाटा यथावत छन् । राजश्व असुलीको समस्या यथावत छ । पूँजीगत खर्च गर्नेकुरा यथावत छ । यी कुराहरुलाई प्रतिबद्धतामात्र हैन कार्यान्वयन गरेर नदेखाउँदासम्म तबसम्म मुलुक र बजेटले हासिल गर्ने लक्ष्य हो त्यो लक्ष्य प्राप्त गर्न कठिनाइ हुन्छ । त्यसैले अर्थमन्त्रीलाई ध्यानाकर्षण गराउँछु कि– अहिलेको बजेट कार्यान्वयनतर्फ अर्थमन्त्री र सरकारको ध्यान जानु जरुरी छ । बजेटलाई परिणाममुखी बनाउन बिनियोजन क्षमता, कार्यान्वयन क्षमता र जवाफदेहीता र नीतिगत हस्तक्षेपका निमित्त अर्थमन्त्रीले समयमै मूल्यांकन गरेर अगाडि बढ्नुपर्ने आवश्यकता छ । त्यसतर्फ अर्थमन्त्रीको गम्भीर ध्यान जाओस् ।’
उहाँले बजेटलाई परिणामुखी बनाउन विनियोजन क्षमता, कार्यान्वयन क्षमता र जवाफदेहीता र नीतिगत हस्तक्षेपका निमित्त अर्थमन्त्रीको ध्यानाकर्षण गराउनु भयो ।

—न्युज एजेन्सी नेपाल 


काठमाडौं

मङ्लबार, असार २४, २०८२

२२.८७°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ