fbpx

सिमेन्टको मूल्य तत्काल घटाउन सांसद गोपीबहादुर सार्की माग

author

समाचारपाटी

२ महिना अगाडि

राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की अछामीले सिमेन्टको मूल्य तत्काल घटाउन सरकारसँग माग गर्नुभएको छ ।


आईतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले सिमेन्टमा अत्याधिक मूल्यवृद्धि हुँदा निर्माण कार्यमा समस्या आइरहेको बताउनु भयो । उहाँले चार महिनाअघि ४ सयमा पाउने सिमेन्ट अहिले ८ सय भन्दा पनि बढी रहेको बताउनु भयो । उहाँले सिमेन्टमा कार्टेलिङ र सिण्डिकेट भएको बताउनु भयो । समेन्टमा भएको मूल्यवृद्धिका कारण नेपाली उपभोक्ताले चर्को मूल्य हाल्नुपर्ने परिस्थिति रहेको गुनासो गर्नुभयो । यसले निर्माण कार्यमा लागत मूल्य बढिरहेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘अहिले यो सिमेन्टमा असाध्यै चर्को मूल्यवृद्धि भएको छ । यो भन्दा चार महिनाअघि साढे ४ सयमा पाउने सिमेन्ट अहिले ८ सय भएको छ । यसमा कार्टेलिङ भएको छ । सिण्डिकेट भएको छ । यो निर्माण सामग्रीमा र विशेष गरेर सिमेन्टमा भएको मूल्यवृद्धि अन्तर्राष्ट्रिय बजारमा भन्दा पनि नेपाली उपभोक्ताले चर्को मूल्य हाल्नुपर्ने जुन स्थिति छ, यसले निर्माण कार्यमा लागत मूल्य बढिरहेको छ । एकातिर राज्यले पुँजीगत खर्च बढाउन सकिरहेको छैन । अर्कोतिर भएका विकास निर्माणका काममा पनि यस खालको मूल्यवृद्धिले लागत मूल्य बढ्ने र राज्यलाई बढी व्ययभार बढ्ने स्थिति भएको कारणले सरकारले छिटो भन्दा छिटो यसको समाधान गर्नुपर्छ । सार्वजनिक लेखा समितिले पनि छलफल गरेर सरकारलाई निर्देशन दिएको छ । त्यसको कार्यान्वयन गरी सिमेन्टको मूल्य घटाउन सरकारको तर्फबाट पहल होस् ।’
सांसद सार्कीले मूल्यवृद्धिले लागत मूल्य बढ्ने र राज्यलाई बढी व्ययभार बढ्ने स्थिति रहेको बताउनु भयो ।

–न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

२७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन