fbpx

भौतिकमन्त्रीको कानमा बतास पसोस्ः सांसद गोकुल बास्कोटा

author

समाचारपाटी

१ महिना अगाडि

नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा खण्ड यथाशिध्र निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले चार जना प्रधानमन्त्री फेरिएपनि चार किलोमिटर सडक निर्माण नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले त्यहाँका जनता आक्रशित भएको उल्लेख गर्दै अब पनि सडक निर्माण नगरिए भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले ढुंगा खाने दिन आउनसक्ने बताउनु भयो । उहाँले काभ्रे तरकारीका लागि पकेट क्षेत्र भएको उल्लेख गर्दै कोल्डस्टोर निर्माणका लागि बजेटको व्यवस्था गर्न समेत माग गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘चार वटा प्रधानमन्त्री फेरिए । चारै वटा मन्त्री पनि । सचिव कति फेरिए थाहा छैन । चार किलोमिटर बाटो खावादेखि धुलिखेलसम्मको बनेन । भौतिक मन्त्रीको कानमा बतास पसोस् भन्ने माग गर्छु सभामुखमार्फत । यही कुरा भन्नु भनेका छन् जनताले । नभए ढुंगा खाने स्थिति बन्यो अब । दोस्रो, काभ्रेले काठमाडौंका उपभोक्ताहरुलाई १७ प्रतिशत तरकारी दिन्छ । तरकारीका लागि पटेक क्षेत्रजस्तै छ काभ्रे । त्यसकारण सरकारसँग मिलेर पाँच वटा कोल्डस्टोर सरकारले बनाओस् । अगामि बजेटमा यो व्यवस्था गर्न माग गर्दछु ।’काठमाडौंका १७ प्रतिशत तरकारी काभ्रेले खपत गर्दै आएको उहाँको भनाइ छ । —न्युज एजेन्सी नेपाल


काठमाडौं

बुधबार, चैत्र ५, २०८१

१३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

पुल्चोक क्याम्पसमा २ हजार ९७९ मत खस्यो

झडप भएपछि पाटन संयुक्त क्याम्पसको चुनाव स्थगित

काठमाडौं उपत्यकाका ११ क्याम्पसमा स्ववियु नेतृत्वका लागि मतदान हुँदै

आरआर क्याम्पस बाहिर विद्यार्थीहरुले गरे विरोध स्वरुप मतदान

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन