fbpx

‘निर्माण प्रक्रियामा जब ठूला ठूला प्रोजेक्टहरुले त गुणस्तर मापन गर्दछन्’:-सांसद गणेश पराजुली

author

समाचारपाटी

१ year अगाडि

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले गुणस्तरहीन छडबाट सर्वसाधारण नागरिकहरुले बनाएका संरचनाहरुको सुनिश्चितताबारे ध्यान दिन आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवारको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्माण कार्यमा प्रयोग हुने गुणस्तरहीन छडहरुको कारण सर्वसाधारण नागरिकले बनाएका संरचनाहरु जोखिमयुक्त रहेको भन्दै सरकारले विशेष ध्यान दिन आवश्यक रहेको बताउनु भयो । उहाँले निर्माण प्रक्रियामा सरकारले बनाउने ठूला योजनाहरुमा गुणस्तर मापन हुने तर सर्वसाधारण नागरिकले बनाएका संरचनामा छडजन्य सामग्रीहरुको गुणस्तर मापन नहुने भएकाले सरकारले विशेष जोड दिएर अघि बढ्न आवश्यक रहेको बताउनु भयो । उहाँले सबै उद्योग समान रुपमा सञ्चालनका लागि पहल गर्नुपर्ने आवश्यकता रहेको पनि बताउनु भयो । उहाँले नेपालभित्रै सम्भावना भएको खानीलाई सञ्चालन गर्न कस्तो खालको उद्योग स्थापना गर्दा आवश्यक हुन्छ भन्नेबारेमा पनि छलफल हुन जरुरी रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘निर्माण प्रक्रियामा जब ठूला ठूला प्रोजेक्टहरुले त गुणस्तर मापन गर्दछन् । तर सर्वसाधारण नागरिकहरुले बनाएका संरचनाहरुको ग्यारेन्टीको जिम्मेवारी कसले लिने ? यदी छडहरु गुणस्तरहीन छन् र बनेको संरचनाहरु साँच्चै जोखिमयुक्त छन् भने त्यसको जिम्मेवारी कसले लिने, यो पाटोबाट पनि ध्यानाकर्षण गराउँछु । यो पाटोबाट हेर्नुपर्छ । कतै न कतै सरकारले तत्कालीन समयमा जस्टिफाइ गर्दैगर्दा रोजगारी सिर्जना हुन्छ, खपतसँगै निर्यात पनि गर्न सकिन्छ भन्ने विषयमा कुरा आयो । सबै उद्योग समान रुपमा सञ्चालनका लागि पहल गर्नुपर्छ । नेपालभित्रै सम्भावना भएको खानीलाई सञ्चालन गर्न कस्तो खालको उद्योग स्थापना गर्दा रोजगारी सिर्जना हुनसक्छ बढी भन्ने बारेमा सोच्नुपर्छ ।’ उहाँले नेपालमा रोजगारी बढी दिनसक्ने उद्योगहरुको सञ्चालन आवश्यक रहेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, चैत्र ४, २०८१

२४.१५°

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

आरआर क्याम्पस बाहिर विद्यार्थीहरुले गरे विरोध स्वरुप मतदान

कांग्रेसमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

महेन्द्ररत्न क्याम्पस ताहाचलमा पनि मतदान हुँदै

आरआरमा अनेरास्ववियुले ताला लगायो, स्ववियु निर्वाचन स्थगित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...