सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डा. स्वार्णिम वाग्लेले बजेटप्रति असन्तुष्टि जनाउनुभएको छ ।
मंगलवार संसदमा बजेट प्रश्तुतपछि संसदभवन बाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै असन्तुष्टि जनाउनुभएको हो । उहाँले सरकारले ल्याएको बजेटमा १२ खर्बको राजश्व संकलन र वैदेसिक ऋणको आधारमा १८ खर्ब ६० अर्बको बजेट कार्यान्वयनमा समस्या देखिएको बताउनु भयो । उहाँले सरकारले बजारको रकम सोसेर आन्तरिक ऋण लिँदा त्यसको असर उद्योगी व्यवसायीलाई पर्दा समस्या आउन सक्ने प्रतिक्रिया दिनुभयो । उहाँले सरकारले आगामी आर्थिक वर्षको बजेटमा ३ खर्ब ३० अर्ब आन्तरिक ऋण लिने लक्ष्य धेरै भएको टिप्पणी गर्नुभयो । संसद वाग्लेले चालु आ.व.को बजेट पनि समिक्षामार्फत घटाएको र आगामी आ.व.को बजेट पनि समिक्षामार्फत घटाउने सम्भावना देखिएको बताउनु भयो । उहाँले आन्तरिक ऋण बाहेक सरकारले आगामी आवका लागि ल्याएको बजेट निकै जिम्मेवार खालको रहेको उल्लेख गर्नु भयो । उहाँले चालु आवका लागि ल्याएको १७ खर्ब ५१ अर्बको बजेट अलि बढी फुकाएर बनाएको भन्दै वर्तमान सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट जिम्मेवार खालको रहेको उल्लेख गर्नुभयो । उहाँले सरकारको दायित्व निकै रहेको भन्दै यो बजेट सन्तुलित रहेको सांसद वाग्लेले बताउनु भयो । उहाँले सरकारले चाँडै आयोजना बनाएर, दशैँअघि नै खर्च गर्न सकिने भयो भने पुरानो रोग कम हुँदै जाने बताउनु भयो । उहाँले अर्थमन्त्रीले पुरानो रोग चिर्न सकेको खण्डमा बजेट कार्यान्वयन गर्न सकिने बताउनु भयो । उहाँले सरकारले आगामी आवको बजेटमा १२ खर्ब ६० अर्ब रहेको र यसमा केही बढाउन सकिने अवस्था रहेको बताउनु भयो ।
—न्युज एजेन्सी नेपाल