‘नेपालमा भन्सार एउटा बद्नाम शब्द बनेको छ, यो मालदार अड्डाका रुपमा चिनिन्छ’:-सांसद डा. स्वर्णिम वाग्ले

author

समाचारपाटी

१ year अगाडि

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले भन्सारलाई एकीकृत व्यापार एवं उद्योग प्रवद्र्धन केन्द्रका रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ । 

मंगलवार प्रतिनिधि सभाको बैठकमा भन्सार विधेयकमाथिको छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्सारलाई राजश्व संकलन केन्द्रका रुपमा मात्रै लिनु नहुने बताउनु भयो । उहाँले नेपालमा भन्सार बद्नाम शब्दका रुपमा चिनिएको बताउनु भयो । उहाँले भन्सार मालदार अड्डा, पैसा कमाउने थलो, सेटिङ चुहावट, तस्करी, कर छली, अवैध व्यापारको पर्याय बनेको बताउनु भयो । उहाँले भन्सार एजेण्टहरको लाइसेन्स पनि उचित नियमन हुन नसकेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘नेपालमा भन्सार एउटा बद्नाम शब्द बनेको छ । यो मालदार अड्डाका रुपमा चिनिन्छ, पैसा कमाउने थलो, सेटिङ चुहावट, तस्करी, कर छली, अवैध व्यापारका लागि पर्याय नै बनेको छ । भन्सार एजेण्टहरको लाइसेन्स पनि उचित नियमन नहुने, बिक्री हुने, भाडामा इत्यादि । भारतीय विचौलियाहरु आएर विचौलियाहरुको बिगबिगी भन्ने जुन छ, त्यो सुधार आवश्यक छ । उद्यमी व्यवसायी हैरानी हुने, उपभोक्ताहरु सास्तीमा पर्ने कुराहरुलाई मिलाउने गरेर नै हामी अघि जानुपर्छ । डिजिटलाइजेशनको भरपुर उपयोग गरेर हामीले भन्सार नाकाहरुलाई आइल्याण्ड अफ एक्सिलेन्सकै रुपमा अघि जानुपर्ने हुन्छ । भन्सारलाई राजश्व संकलन केन्द्रका रुपमा लिइरहेको छ, त्योबाट सिफ्ट आवश्यक छ । एकीकृत व्यापार एवं उद्योग प्रवद्र्धन गर्ने एकोसिस्टमकै अंग बनाउने गरी हाम्रो सोच परिवर्तन आवश्यक छ ।’ उहाँले भन्सारमा डिजिटलाइजेशनको भरपुर उपयोग गर्न आवश्यक रहेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, जेष्ठ ९, २०८२

२२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन