fbpx

‘हामीले लगाएको गुनको पैंचो उहाँले हत्कडी लगाएर दिनुभयाे,विशेष धन्यवाद भन्न चाहन्छु’:-सांसद डा. सुनिल शर्मा

author

समाचारपाटी

१ year अगाडि

 काठमाडौं । जिल्ला अदालत, काठमाडौंको आदेशपछि नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मा रिहा हुनुभएकाे छ । शैक्षिक प्रमाणपत्र किर्तेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सांसद शर्मालाई बिहीबार बिहान पक्राउ गरेको थियो ।

उहाँलाई थुनामा राखेर अनुसन्धान गर्न माग गर्दै प्रहरीले शुक्रबार जिल्ला अदालत, काठमाडौंमा उपस्थित गएको थियो । तर न्यायाधीश दण्डपाणि शर्माको एकल इजलासले शर्मालाई थुनामुक्त गरेर अनुसन्धान गर्न आदेश दियो ।

अदालतको आदेशपछि थुनामुक्त हुनुभएका सांसद शर्माले प्रधानमन्त्रीको आलोचना गर्नुभएकाे छ । प्रधानमन्त्रीकै निर्देशनमा आफूलाई पक्राउ गरिएको भन्दै उहाँले भन्नुभयाे, ‘त्यतिसारो बैगुनी हुनुहुँदैन ।’

आफूसहित कृष्ण सिटौला, डा. शेखर कोइराला, कृष्णसेन इच्छुक लगायतका मानिसहरु नभएको भए प्रचण्ड अहिले पनि जंगलमै हुने भन्दै उहाँले भन्नुभयाे, ‘पहिलो वार्ता गराउने हामी हों । टेलिफोन नम्बर कति हो उहाँले बिर्सनुभयो होला, मलाई अहिले पनि याद छ ।’

‘हामीले लगाएको गुनको पैंचो उहाँले हत्कडी लगाएर दिनुभएको छ । उहाँलाई विशेष धन्यवाद भन्न चाहन्छु । यो पावरको उन्माद हो’, उहाँले अघि भन्नुभयाे । उहाँले पार्टीका नेताहरुलाई माओवादीसँगको गठबन्धनबारे पुनर्विचार गर्न समेत आग्रह गर्नुभएकाे छ ।

सांसद शर्माले अघि भन्नुभयाे, ‘यसरी नै गृहमन्त्रीले हाम्रो मान्छेहरुलाई एकपछि एक गरेर धुलो चटाउँदै जाने र हामीले गठबन्धन गर्ने हो भने हाम्रो पार्टी सकिनेवाला छ ।’


काठमाडौं

बिहिबार, मंसिर २०, २०८१

९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन